विश्व

सुडानका लागि राष्ट्रसंघीय प्रतिनिधिद्वारा अपदस्थ प्रधानमन्त्री हमडोकसँग छलफल

इकागज | कात्तिक १५, २०७८

खार्तुम- सुडानका लागि संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि भोल्कर पर्थेसले अपदस्थ सुडानका प्रधानमन्त्री अब्दल्ला हमडोकसँग देशको अवस्थाबारे छलफल गर्न भेट गरेका छन् । पर्थेसले ट्वीटमा लेखेका छन् 'भर्खरै हामडोकलाई उहाँको निवासमा भेटेँ जहाँ उहाँ ठीक हुनुहुन्छ तर घरमा नजरबन्दमा हुनुहुन्छ । हामीले मध्यस्थताका विकल्पहरू र सुडानका लागि अगाडि बढ्ने बाटोका बारेमा  छलफल गर्‍यौँ ।' 

यसैगरी संयुक्त राष्ट्रसंघका अधिकारीले देशका अन्य सरोकारवालाहरू सँग छलफल जारी राख्ने बताएका छन् । सोमबार सुडानी सेनाले हामडोक र सरकारका अन्य धेरै सदस्यहरूलाई हिरासतमा लिएको थियो। सुडानी संक्रमणकालीन सार्वभौम परिषद्का प्रमुख अब्देल फताह अल-बुर्हानले आपतकालको घोषणा गर्दै सरकार भङ्ग गरेका छन् । मंगलबार हाम्डोक र उनकी श्रीमती घर फर्किएको खबर आएको थियो । (एएनआई / स्पुतनिक)

यमनको अन्तर्राष्ट्रिय विमानस्थलनजिक बम विस्फोट, ६ को मृत्यु

इकागज | कात्तिक १४, २०७८

काठमाडौँ- यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा नै भएको बम विस्फोटमा परि छ...

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ आजबाट सुरू हुँदै

इकागज | कात्तिक १४, २०७८

ग्लास्गो - जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ बेलायतको ग्लास्गो सहरमा आइतबारदेखि सुरु हुँद...

पूर्ण मात्रा खोप लगाएका व्यक्तिले पनि सार्न सक्छन् कोरोना

इकागज | कात्तिक १३, २०७८

लण्डन- बेलायतमा गरिएको एक अध्ययनअनुसार कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिहरूलाई पनि कोभि...

विरोधमा सुडानी सेनालाई ‘संयम’ बन्‍न संयुक्त राष्ट्रसंघको आग्रह

इकागज | कात्तिक १३, २०७८

रोम- सुडानको सेनाले हालैका दिनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच घातक झडपपछि प्रदर्शनकारीप्रति ‘संय...