विश्व

नाइजेरियाको प्रहरी कारबाहीमा ७१ डाँकू मारिए

इकागज | कात्तिक १२, २०७८

काठमाडौँ- नाइजेरियाको राष्ट्रिय प्रहरीले गएको दुई हप्तायता डाँकू तथा तस्करका विरुद्धमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ७१ जनाको मृत्यु भएको बताइएको छ । प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो । प्राप्त समाचारअनुसार कारबाहीका क्रममा अरु कैयौँ डाँकूलाई नियन्त्रणमा लिएर थुनामा राखिएको छ । 

तस्कर र डाँकूहरुले दुःख दिने गरेको नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा कारबाही गरिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार त्यस क्षेत्रमा यहाँको प्रहरीले अक्टोबर १४ तारिखदेखि यस्तो कारबाही गरेको हो । पत्रकार सम्मेलनका क्रममा यहाँको सेना तथा प्रहरीको संयुक्त फोर्सका तर्फबाट कुनै स्थानमा सेना तथा प्रहरी समेतको कारबाहीका क्रममा ती डाँकूहरु मारिएका हुन् ।
सिन्ह्वा

सर्वसाधारणले जस्तै अमेरिकामा काम गर्न चाहन्छिन् पूर्वराजकुमारी माको

इकागज | कात्तिक १२, २०७८

न्युयोर्क- यसै साता प्रेमीसँग बैबाहिक बन्धनमा गाँसिएकी राजकुमारी माको न्युयोर्कको सिटीको सिंगल बेडरुम अ...

जलवायु परिवर्तनबाट सृजित समस्या समाधान गर्न राष्ट्रपति सीको आग्रह

इकागज | कात्तिक १२, २०७८

बेइजिङ- चीनले मानवजातिको साझा चुनौतीको रूपमा रहेको जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न र त्यसका निम्ति द...

‘चाइना टेलिकम’माथि अमेरिकी प्रतिबन्ध ‘द्वेषपूर्ण दमन’:  बेइजिङ

इकागज | कात्तिक ११, २०७८

काठमाडौँ - राष्ट्रिय सुरक्षाको चिन्तामा अमेरिकामा सेवा दिँदै आएको चिनियाँ दूरसञ्चार प्रदायक ‘चाइन...

पाकिस्तानसँग भारत पराजित भएपछि खुसी मनाउने तीन विद्यार्थी पक्राउ

इकागज | कात्तिक ११, २०७८

काठमाडौँ- यूएईमा जारी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानसँग भारत पराजित भएपछि खुसी मनाएको आरोपमा प्रहर...

धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको वरिष्ठ सिनेटरको भनाइ

इकागज | कात्तिक ११, २०७८

वासिङटन- अमेरिकी सिनेटका सदस्य तथा डेमोक्रेटिक पार्टीका एक वरिष्ठ नेताले राष्ट्रपति जो बाइडनको समर्थन रह...