विश्व

भारतमा कोरोना सङ्क्रमितमध्ये ५६ प्रतिशत केरलाका मात्रै

इकागज | असोज २२, २०७८

नयाँ दिल्ली- भारतमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितहरुमध्ये ५६ प्रतिशत केरला प्रदेशमा मात्रै भएको पाइएको छ । 

पछिल्लो समयमा औसतमा दैनिक २० हजार नयाँ सङ्क्रमित हुने गरेकोमा झन्डै १० हजारभन्दा बढी केरलाका मात्रै भएको पाइएको हो । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार पछिल्लो हप्ताको विवरण सार्वजनिक गर्ने क्रममा यस्तो देखिएको समाचारमा जनाइएको छ । 

मन्त्रालयका उपसचिव लभ अग्रवालले पछिल्लो २४ घण्टामा भने भारतमा २२ हजार ४३१ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिए । 

उनका अनुसार भारतमा पछिल्लो एक दिनमा कोरोनभाइरसबाट सङ्क्रमित भएर ३१८ जनाको मृत्यु भएको छ ।  

तीमध्ये केरलामा मात्रै १२ हजार ६१६ जना सङ्क्रमित भएका छन् भने १३४ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले पनि दुई लाख ४४ हजार १९८ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जानकारी दिएको छ ।  

पछिल्लो एक दिनमा २४ हजार ६०२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड ३२ लाख २५८ पुगेको छ । 
 

'इथियोपियालाई संयुक्त राष्ट्रसंघका कर्मचारी निकाल्ने अधिकार छैन'

इकागज | असोज २१, २०७८

संयुक्त राष्ट्रसंघ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इथियोपियाले संयुक्त राष्ट्रसंघका कर्मच...

क्यानडाका प्रधानमन्त्रीले भने–खोप नलगाएका कर्मचारी वेतलबी बिदामा बस्‍नू

इकागज | असोज २१, २०७८

ओटावा - क्यानडाले खोप नलगाएका कर्मचारीहरुलाई वेतलबी बिदामा राख्ने भएको छ । सरकारले कोभिड खोपसम्ब...

भारतमा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या सात महिनापछिकै थोरै

इकागज | असोज २१, २०७८

भारत- भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भई अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या झण्डै सात महिना ...