विश्व

बेलायतमा कोरोना सङ्क्रमण घटेन, एकैदिन ३० हजार बढी सङक्रमित

इकागज | असोज १८, २०७८

बेलायत- बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएको पाइएको छ । यहाँ सङ्क्रमणको अवस्था घट्ने नदेखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ एकै दिनमा ३० हजार जना भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाइएको छ । गएको २४ घन्टामा अर्थात् शनिबार मात्र यहाँ ३० हजार ३०१ जना सङ्क्रमित थपिएका सो समाचारमा जनाइएको छ । 

प्राप्त समाचारअनुसार अघिल्लो दिन पनि ३० हजार जनाभन्दा बढी नै सङ्क्रमित भेटिएको पाइएको थियो । शनिबार भेटिएका समेत गरी बेलायतमा यहाँ अहिलेसम्म ७८ लाख ७१ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।  लन्डनमा कोभिड १९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् 

त्यसैगरी यहाँ गएको २४ घण्टा यतामात्र १२१ जनाको यो सङ्क्रमणबाट मृत्यु भएको पनि बताइएको छ । थपिएको यो मृत्युसँगै यहाँ यो सङ्क्रमणबाट ज्यान जानेको संख्या १ लाख ३६ हजार ९१० जना पुगेको पनि बताइएको छ ।अधिकारीहरुले यहाँ पछिल्ला केही दिनयता सङ्क्रमितहरु थपिने र मृत्युको संख्या पनि बढ्न थालेको जनाएका छन् । उनीहरुले यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी सङ्क्रमितहरु थपिने गरेका जानकारी दिएका छन् । (सिन्ह्वा)
 

ट्रम्पद्वारा ट्विटर खाता पुनर्स्थापित गर्न माग

इकागज | असोज १८, २०७८

न्युयोर्क- पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका संघीय न्यायाधीशलाई आफ्नो ट्विटरखाता पुनर्स्थापित गर्न ट्वि...

सुतेको बेला आमाको मृत्यु भएपछि फ्रान्समा दुई बालिका लामो समय शवसँगै बिताएको पुष्टि

इकागज | असोज १७, २०७८

रेनेस, फ्रान्स - उत्तरपश्चिमी फ्रान्समा अचानक मृत्यु भएकी आमाको शव लिएर ५ र ७ वर्षका दुई बहिनीले केह...

कोभिडविरुद्ध खाने औषधिको सफल परीक्षण भएको अमेरिकी कम्पनीको दाबी

इकागज | असोज १६, २०७८

वासिङ्टन - अमेरिकी एक औषधि उत्पादक कम्पनीले तयार पारिरहेको कोभिडविरुद्धको एउटा खाने औषधिले गम्भीर लक्षण...

गान्धी जयन्तीमा प्रधानमन्त्री मोदीद्वारा गान्धीप्रति श्रद्धा व्यक्त

इकागज | असोज १६, २०७८

नयाँ दिल्ली - प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धी जयन्तीको अवसरमा शनिबार महात्मा गान्धीप्रति श्रद्धाञ्जलि व्यक्त...