विश्व

युद्ध अन्त्यका लागि दक्षिण कोरियामाथि प्योङयाङका सर्त

इकागज | असोज ११, २०७८

प्योङयाङ, उत्तर कोरिया - उत्तर कोरियाका नेता किम जङ–अनकी बहिनी किम–यो–जङले दक्षिण कोरियाले उत्तर कोरियालाई हेर्ने ‘कटुतापूर्ण व्यवहारलाई’ परित्याग गरेमा सियोलसँग यसद्ध अन्त्यका लागि पुनः वार्ता गर्न सकिने बताएकी छन् । दक्षिण कोरियाले ‘शत्रुतापूर्ण नीतिहरू’ रोकेको खण्डमा मात्र उत्तर कोरिया उक्त प्रस्तावबारे कुरा गर्न इच्छुक रहेको नेता यो–जङले बताइन् । 

यो–जङद्वारा हालै जारी विज्ञप्तिमा भनिएको छ, 'आफ्ना गतिविधिलाई न्यासङ्गत देखाउन खोज्ने तर हाम्रो आत्मरक्षाको अधिकारको उचित अभ्यासमा खोट देख्ने दोहोरो मानसिकता, असङ्गत पूर्वाग्रह, नराम्रो बानी तथा शत्रुतापूर्ण अडान परित्याग गरिनुपर्छ । उल्लेखिते पूर्वसर्त पालना भएको अवस्थामा मात्र प्रत्यक्ष वार्तामा बस्न र युद्ध अन्त्य भएको घोषणा गर्न सम्भव हुनेछ ।'

कोरियाली युद्ध अन्त्य भएको घोषणा गर्न दक्षिण कोरियाको आह्वानपछि नेतृ यो–जङले त्यस्तो प्रतिक्रिया दिएकी हुन् । कोरियाली प्रायःद्वीपलाई दुई देशमा विभक्त गर्ने युद्ध सन् १९५३ मा एउटा युद्धविरामपछि रोकिएको थियो । तर उनीहरूबीच कुनै शान्तिसन्धि भएको छैन । त्यतिबेलादेखि नै दुई कोरिया प्राविधिक रूपमा युद्धमा छन् । बेलाबेलामा उनीहरूको सम्बन्धमा तनाव उत्पन्न हुने गरेको छ । 

उत्तर कोरियाले युद्ध अन्त्य भएको घोषणा गर्न एक प्रमुख सर्त आफूविरुद्ध लगाइएको आर्थिक नाकाबन्दीलाई पहिले हटाइनुपर्ने माग राख्ने गरेको छ । दक्षिण कोरियाको प्रमुख सैन्य सहयोगी रहेको अमेरिकाले उत्तर कोरियाले पहिला आणविक अस्त्र परित्याग गर्नुपर्ने बताउँदै आएको छ । रासस
 

चीनको सिचुवानमा पहिरोमा परी दुईको मृत्यु, १२ जना बेपत्ता

इकागज | असोज ११, २०७८

चेन्दु- चीनको सिचुआन प्रान्तको दक्षिणपश्चिम क्षेत्रमा टियानक्वान काउन्टीमा भारी वर्षापछि गएको पहिरोमा परी द...

तालिवानविरुद्धको अमेरिकी प्रतिबन्ध कायमै, सहयोग गर्न अनुमति

इकागज | असोज १०, २०७८

काबुल - अमेरिकाले तालिवानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ । यद्यपि अफगानिस्तानमा आवश्यक मानव...

संयुक्त राष्ट्रसंघको महासभा: विश्वका नेताहरू कसले के भने ?

इकागज | असोज ९, २०७८

संयुक्त राष्ट्रसंघ - विश्वका नेताहरूले प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा विश्व र आ-आफ्न...

सबै सरकारी अधिकारीलाई दिइएको आममाफीको सम्मान गर्न आफ्ना लडाकूलाई तालिबानको आग्रह

इकागज | असोज ९, २०७८

काबुल, अफगानिस्तान- तालिबानले बिहीबार आफ्ना लडाकूहरूलाई अफगानिस्तानका सबै सरकारी अधिकारीहरूलाई दिइएक...