विश्व

भारतमा थपिए १८ हजार कोरोना सङ्क्रमित

इकागज | असोज १३, २०७८

भारत- भारतमा थप १८ हजार ८७० जना नयाँ सङ्क्रमित थपिएका छन् । सङ्क्रमित भएका मध्ये ११ हजार १९६ जना केरलाका मात्रै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या चार लाख ४७ हजार ७५१ पुगेको छ । 

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख ८२ हजार ५२० रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो सङ्ख्या १९४ दिनपछिकै सवैभन्दा कम हो । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड २९ लाख ८६ हजार १८० पुगेको छ । ती मध्ये २८ हजार १७८ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् ।

पछिल्लो समय दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घटेको हो । पछिल्लो एक दिनमा देशभरी १५ लाख चार हजार ७१३ जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै अहिलेसम्म ५६ करोड ७४ लाख ५० हजार १८५ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । (एएनआई)

पाकिस्तानले बालबालिका लक्षित कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्ने

इकागज | असोज १३, २०७८

पाकिस्तान- पाकिस्तानले १२ वर्ष र सोभन्दा माथिका उमेर समूहका बालबालिकालाई लक्ष्यित गरी कोरोना विरुद्धको ख...

चीनलाई दक्ष र नवीन सिर्जनाका लागि विश्व केन्द्र बनाउने राष्ट्रपति सीको भनाइ

इकागज | असोज १३, २०७८

बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले नयाँ युगमा गुणस्तरीय कार्यशक्ति विकास गर्ने र चीनलाई व्यावसायिक प्...

भ्रष्टाचार मुद्धा अल्जेरियाका दुई पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

इकागज | असोज १३, २०७८

अल्जेरिया- अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्...

उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्‍यो : जापान

इकागज | असोज १३, २०७८

टोकियो- उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको छ । समय समयमा आणविक पर...

बेलायतमा इन्धन संकट समाधान गर्न सैनिक ट्याङ्‍कर चालकलाई काम लगाइने

इकागज | असोज १३, २०७८

लण्डन - बेलायतमा लामो लाइन र तेल अभावबीच पेट्रोल पम्पहरू बन्द हुन थालेपछि अवस्था सहज बनाउन सेनालाई तया...

चीनलाई दक्ष र नवीन सिर्जनाका लागि विश्व केन्द्र बनाउने राष्ट्रपति सीको भनाइ

इकागज | असोज १२, २०७८

बेइजिङ - चिनियाँ राष्ट्रपति सी जिनपिङले नयाँ युगमा गुणस्तरीय कार्यशक्ति विकास गर्ने र चीनलाई व्यावसायिक ...