विश्व

जलालाबाद आक्रमणमा दुई तालिबानसहित तीन मारिए

इकागज | असोज ७, २०७८

अफगानिस्तान- पूर्वी अफगानिस्तानको एउटा प्रहरीचौकीमा बन्दुकधारीहरुले  बुधबार गरेको आक्रमणमा परी कम्तीमा दुई तालिबान लडाकू र एक सर्वसाधारणको मृत्यु भएको छ । सुरक्षा स्रोत र प्रत्यक्षदर्शीले बताएअनुसार वर्षौंदेखि इस्लामिक स्टेट (आइएस) समूहले अफगानिस्तान मुख्य आधार क्षेत्र बनाउँदै आएको नान्गरहार प्रान्तको जलालाबाद शहरमा तालिबानलाई निशाना बनाएको यो पछिल्लो आक्रमण हो ।

रिक्शामा आएका अज्ञात बन्दुकधारीहरुले जलालाबादको घावचक जिल्लाको एक चेकपोस्टमा आक्रमण गरी दुई तालिबान गार्ड र एक सर्वसाधारणको हत्या गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यस आक्रमणको तालिबानका एक अधिकारीले पनि पुष्टि गरेका छन् । तर उनले मृतक सबै सर्वसाधारण रहेको दाबी गरेका छन् । 

जिहादी समूहको स्थानीय शाखा इस्लामिक स्टेट्स खोरसानले यसै हप्ता भएको कैयौ आक्रमणको जिम्मा लिएको छ । यस आक्रमणहरुमा परी कम्तीमा दुई व्यक्तिको मृत्य् पनि जनाइएको छ । अगस्त ३० मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता पछि यो पहिलो घातक विस्फोट घटना भएको बताइएको छ ।  आईएस र तालिबान दुबै कट्टर सुन्नी इस्लामवादी उग्रवादी समूह हुन् । (एएफपी)

मनिलाका मेयरद्धारा फिलिपिन्सको राष्ट्रपतिमा उम्मेदवारी दिने

इकागज | असोज ७, २०७८

मनिला- फिलिपिन्सको राजधानी मनिला नगरका मेयर फ्रान्सीस्को डोमागोसोले राष्ट्रपतिमा उम्मेदवारी घोषणा गरेका ...

वायु प्रदूषणजन्य समस्याका कारण वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु : डब्लुएचओ

इकागज | असोज ६, २०७८

जेनेभा - वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा &nbs...

काजाकिस्तानमा गोली हानाहानमा दुई प्रहरी र अन्य तीन जनाको मृत्यु

इकागज | असोज ५, २०७८

मस्को- काजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा सोमबार भएको गोली हानाहानमा दुई प्रहरी अधिकारी र अन्य त...