विश्व

इरानका परराष्ट्रमन्त्रीद्वारा अफगानिस्तानमा मानवीय सहयोग उपलब्ध गराउन आग्रह

इकागज | भदौ २९, २०७८

तेहरान - इरानका परराष्ट्रमन्त्री होसेनी अमीर अब्दोलाइनले अन्तरराष्ट्रिय समुदायलाई अफगानिस्तानमा मानवीय सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् ।  तस्‍निम समाचार संस्थाका अनुसार अफगानिस्तानका जनताहरू मानवीय सहयोगको तीव्र अपेक्षामा छन्  त्यसैले अन्तरराष्ट्रिय समुदायले यस किसिमको सहयोग गर्नुपर्ने अवस्ता सृजना भएको परराष्ट्रमन्त्री होसेनीले बताएका छन् । 
 
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसद्वारा अध्यक्षता गरिएको अफगानिस्तानमा मानवीय अवस्था विषयक बैठकमा सोमवार भर्चुलमाध्यमबाट सम्बोधन गर्दै इरानका परराष्ट्रमन्त्री होसेनीले त्यस किसिमको सहयोग अफनिस्तानको सीमासम्म पुर्‍याउन र त्यहाको आन्तरिक तथा बाह्य बजारका गतिविधि सञ्चालन गर्न सहयोग पुर्‍याउन इरान तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् । 

होसेनीले इरान, अफगानिस्तानमा समावेशी सरकार गठन र सुशानको पक्षमा रहेको बताएका छन् । उनले अफगानिस्तानका जनताले आफ्नो भाग्य र भविष्यको निर्णय गर्न स्वतन्त्र  रहेको  पनि प्रष्ट पारेका छन् । परराष्ट्रमन्त्री होसेनीले अफगानिस्तानमा अहिलेको जटिल अवस्था सृजना हुनुमा अमेरिका जिम्मेबार रहेको टिप्पणी गरेका छन् । (रासस)
 

तालिबानले महिलालाई पढ्न दिने, पुरुषसँग एउटै कक्षामा बस्न भने नदिने

इकागज | भदौ २९, २०७८

काबुल- अफगानिस्तानमा तालिबानी समूहले छात्रालाई पनि अध्ययनका लागि विश्वविद्यालय जान अनुमति दिने निर्णय ग...

तालिबानले महिला अधिकार र समावेशीतासम्बन्धी प्रतिज्ञा  भङ्ग गरिरहेको छ : संयुक्त राष्ट्रसंघ

इकागज | भदौ २८, २०७८

जेनेभा -  तालिबानले अफगानिस्तानमा महिला अधिकार र समावेशीता सम्बन्धी आफ्नो प्रतिज्ञा भङ्ग गरिरहेको स...

बङ्गलादेशका चर्चित कार्टूनिस्ट तथा पत्रकारमाथि इन्टरनेट कानून उल्लङ्घनको अभियोग दर्ता

इकागज | भदौ २८, २०७८

ढाका- उच्च-प्रोफाइलका स्वीडेनस्थित कार्टूनिस्ट र पत्रकारसहितका सात जनालाई बङ्गलादेशको इन्टरनेट कानुन उल्लङ्घ...