विश्व

जापानमा कोरोनाको असर : बालबालिकाको आत्महत्याका घटनामा वृद्धि

इकागज | भदौ १०, २०७८

टोकियो- जापानका बालबालिकाद्वारा आत्महत्या हुने घटनामा वृद्धि भएको देखिएको छ । 

कोरोनाभाइरसको महामारीका कारण विद्यालयहरू बन्द भएकाले बालबालिकाले गर्ने आत्महत्याका घटनामा वृद्धि भएको विश्लेषण गरिएको छ । 

बालबालिकाले गर्ने आत्महत्याका घटना कसरी न्यूनीकरण गर्ने भन्नेबारेमा अहिले सरोकारवालाहरूलाई ठूलो चिन्ताको विषय भएको छ ।

कोरोनाभाइरसको त्रास अघिल्लो वर्ष धेरै भए पनि बालबालिकाद्वारा भएका आत्महत्याका घटना यसवर्ष बढी देखिएका छन् ।  

विद्यालय जान नपाउँदा, बाहिर घुमफिर, हिँडडुल, खेलकुद गर्न नपाउँदा बालबालिकाहरूमा मानसिक समस्या भएर आत्महत्याका घटना बढेको हुनसक्ने विज्ञहरूले बताएका छन् । 

अघिल्लो वर्ष ४९९ बालबालिकाले आत्महत्या गरेकोमा यसवर्षको अहिलेसम्म पनि अघिल्लो वर्षको भन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

लामो समयसम्म घरमा बस्नुपर्ने बाध्यताले यस्ता घटनाहरू बढेको विश्वास गरिएको छ । विज्ञहरूले बालबालिकाको मनोविज्ञानको ठीक व्यवस्थापन तथा उपचारमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । (सिन्ह्वा 

'भारतमा सबै राज्यलाई अगस्टभर थप दुई करोड डोज खोप उपलब्घ गराइने'

इकागज | भदौ १०, २०७८

नयाँ दिल्ली- भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख माण्डभियाले सबै राज्यमा अगस्ट महिनाभर थप दुई करोडभन्दा ...

नतिजा पकडमा पार्न निर्वाचनको पूर्वसन्ध्यामा पुटिनद्वारा ब्यापक बजेट बाँडफाँड

इकागज | भदौ ९, २०७८

मस्को- आगामी महिना हुने संसदीय निर्वाचनअगाडि समर्थन जुटाउन पेन्सन प्राप्त व्यक्तिले १३५ अमेरिकी डलर बराबर...