विश्व

इस्माइल साब्री याकोब मलेसियाको नयाँ प्रधानमन्त्री नियुक्त

इकागज | भदौ ५, २०७८

क्वालालम्पुर, मलेसिया- पूर्व उपप्रधानमन्त्री इस्माइल साब्री याकोब शुक्रबार मलेसियाको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । 

मलेसियाका राजा सुल्तान अब्दुल्ला सुल्तान अहमद शाहले इस्माइल सबरीलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेको दरबार श्रोतले जानकारी गराएको छ । संसदको तल्लो सदनमा बहुमतको समर्थन गुमाएपछि उहाँ सोमबार राजीनामा दिएका मुहिद्दिन यासिनको उत्तराधिकारी बनेका छन् । 

एकसट्ठी बर्षीय इस्माइल साब्री युनाइटेड मलायस नेशनल अर्गनाइजेसन (यूएमएनओ) का एक अनुभवी राजनीतिज्ञ हुनुहुन्छ र जुलाईमा उप प्रधानमन्त्री नियुक्त हुनु पूर्व रक्षा मन्त्रीको रूपमा मुहिद्दिनको मन्त्रीमण्डलमा काम गरेको थियो चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । (एएनएआई)

अप्रिल-जूनमा दक्षिण अफ्रिकामा हत्या र बलात्कारमा वृद्धि : प्रहरी

इकागज | भदौ ५, २०७८

जोहानेसवर्ग- दक्षिण अफ्रिकामा हत्या र बलात्कारका घटना अप्रिल-जूनको तीन महिनामा गत बर्ष सोही अवधिको तुलना...

जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा झन्डै एक अर्ब बालबालिका जोखिममा

इकागज | भदौ ५, २०७८

न्यूयोर्क, संयुक्त राज्य अमेरिका - विश्वमा हरेक दुईमध्ये एक बालबालिका जलवायु परिवर्तनको गम्भीर नकारात्मक प्...

पश्‍चिमा मुलुकले भने : अफगानिस्तानबारे सार्क राष्ट्रको धारणा सार्वजनिक चाँडै हुनुपर्छ

इकागज | भदौ ३, २०७८

काठमाडौँ - अफगानिस्तानमा भएको परिवर्तनसँगै तालिबान नेतृत्वले यसअघिको सबै खाले उपलब्धि र व्यवस्ठा नै ध्वस्...