विश्व

बेलायतमा कोरोनाबाट हुने मृत्यु फेरि बढ्यो

इकागज | साउन २०, २०७८

लन्डन- कोरोना भाइरसबाट हुने मृत्यु बेलायतमा फेरि बढेको बताइएको छ । यहाँ मंगलबार त्यसअघिको २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १३८ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । 

यो मृत्यु गएको पाँच महिना पछिको नै सबैभन्दा बढी हो । यसअघि गएको मार्च १७ पछि यहाँ मंगलबार सबैभन्दा बढी नागरिकको यो भाइरसबाट ज्यान गएको थियो । 

यहाँ पछिल्लो समयमा कोरोनाबाट सम्बन्धित मृत्यु बढ्दै गएको छ । यहाँ अहिलेसम्म एक लाख २९ हजार ८८१ जनाको कोरोनाबाट मृत्यु भएको छ । 

पछिल्ला केही हप्तामा यहाँ फेरि नयाँ भेरिएन्टको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको छ । यसबाट सङ्क्रमणमा पनि वृद्धि भएको यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् । 

त्यसैगरी यहाँ गएको २४ घन्टामा २१ हजार ६९१ जना सङ्क्रमित भएका छन् । यो संख्या पनि पछिल्लो समयमा देखिएको धेरै संख्या हो । 

यो समेत गरी बेलायतमा ५९ लाखभन्दा बढी मानिस यो भाइरसबाट सङ्क्रमित भएको समाचारमा जनाइएको छ । (सिन्ह्वा) 

युएई सरकारले नेपाल र भारतसहित ६ देशका यात्रुमाथिको प्रतिबन्ध हटाउने

इकागज | साउन २०, २०७८

नयाँ दिल्ली- संयुक्त अरब इमिरेट्स (यूएई)ले कोभिड-१९ सङ्क्रमणको जोखिमका कारण नेपाल र भारतलगायत विभिन्न छ...

अमेरिका सेनाको ’अचानक’ फिर्तापछि सुरक्षा बिग्रेको अफगान राष्ट्रपतिको भनाइ

इकागज | साउन १९, २०७८

काबुल, अफगानिस्तान- अफगानिस्तानका राष्ट्रपति असरफ घानीले अमेरिकाले आफ्नो फौज फिर्ता लिने ‘आकस्मिक&...