विश्व

परमाणुसम्बन्धी वार्तामा फेरि फर्कन इरानलाई अमेरिकाको आग्रह

इकागज | साउन २२, २०७८

वासिङ्टन - अमेरिकाले इरानको नयाँ सरकारलाई परमाणु सम्झौतासम्बन्धी वार्तामा फेरि फर्कन आग्रह गरेको छ । इरानका नवनियुक्त राष्ट्रपति इब्राहिम रायसीले जिम्मेबारी ग्रहण गरेकै दिन बिहीबार अमेरिकाले परमाणु सम्झौताको विषयलाई सकारात्मक दिशातर्फ लैजान आग्रह गरेको हो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले कूटनीतिक वार्ताको अवसर सधैँ खुल्ला नरहने चेतावनीसमेत दिएको समाचारमा जनाइएको छ ।  

सन् २०१५ मा इरान र अन्य ६ देशहरू अमेरिका, बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीबीच भएको एउटा सम्झौताअनुसार इरानलाई आर्थिक क्षति पुग्ने केही प्रतिबन्धहरू हटाइएको बदलामा इरानले आफ्ना केही परमाणु कार्यक्रम रोकेको थियो । अहिले फेरि त्यसलाई निरन्तरता दिन अमेरिकाले इरानलाई आग्रह गरेको हो । बिहीबार पद सम्हालेपछि इरानी राष्ट्रपति रायसीले पनि देशमाथि लागेका प्रतिबन्ध अन्त्यका लागि गरिने कूटनीतिक पहललाई समर्थन गर्ने आशय व्यक्त गरेका थिए । 

इरानका नयाँ राष्ट्रपतिको आशय र अमेरिकाको आग्रह मिल्दो जुल्दो भएकाले दुई देशको सम्बन्ध सकारात्मक दिशातर्फ उन्मुख हुन सक्ने अपेक्षा गरिएको छ । यसअघि सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु सम्झौताबाट अमेरिकालाई अलग्याउँदै इरानमाथि पुराना प्रतिबन्धहरूलाई निरन्तरता दिएका थिए। त्यसपछि दुई देशबीचको सम्बन्धमा तिक्तता आएको थियो । 

पश्चिमा देशहरूले इरानमाथि परमाणु हतियार बनाउन लागिरहेको आरोप लगाउने गरेका छन् भने इरानले त्यसलाई अस्वीकार गर्दै आएको छ । इरानी नयाँ राष्ट्रपति रायसीले इरानमाथिका प्रतिबन्धहरू अन्त्य गर्ने कुनै पनि कूटनीतिक प्रयासहरु आफूले गर्ने बताएका थिए । सम्बन्ध सुधार गर्न र सम्झौतालाई पुनर्जीवित गर्न अस्ट्रियाको राजधानी भियानामा केही समयदेखि वार्ता भइरहेपनि नतिजा आउन सकेको छैन तर प्रयास भने गरिरहने उनले बताएका छन् । रासस
 

अस्ट्रेलियामा डेल्टा भेरिएन्टको प्रकोप र खोप कार्यक्रममा ढिलाइ सँगसँगै

इकागज | साउन २२, २०७८

काठमाडौँ-पछिल्ला साताहरूमा कोभिड–१९ को डेल्टा भेरिएन्टको व्यापक असर पूर्वी एसियामा देखिएको छ । अ...

बङ्गलादेशमा कोभिडले एकै दिनमा मृत्यु हुनेको सङ्ख्या हालसम्मकै उच्च

इकागज | साउन २२, २०७८

बङ्गलादेशमा बिहीबार कोभिड-१९ का कारण एक दिनमा मृत्यु भएका विरामीको सङ्ख्या २६४ पुगेको छ । यो महामारी ...

श्रीलंकामा हजारौं मानिसहरू द्वन्द्वका कारण बेपत्ता : एम्‍नेस्‍टी इन्टरनेसनल

इकागज | साउन २१, २०७८

काठमाडौँ - दशकौँकाे द्वन्द्व र त्यसपछिका अवस्थालाई नियाल्दा श्रीलंकामा हजारौं मानिसहरू द्वन्द्वका कारण...