विश्व

मलेसियामा कोरोनाले फेरि उच्च मृत्युदर, झण्डै १९ हजार नयाँ सङ्क्रमित

इकागज | साउन २५, २०७८

क्वालालमपुर- मलेसियामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको दैनिक सङ्ख्या फेरि उच्च भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा मलेसियामा ३६० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

योसँगै मलेसियामा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल सङ्ख्या १० हजार ७४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहले सोही अवधिमा मलेसियामा थप १८ हजार ६८८ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिए । तीमध्ये १० जना बाहिरबाट सरेर सङ्क्रमित भएका र अरू आन्तरिक रूपमै सरेको पनि उनले बताए । 

मलेसियामा कोरोनाभाइरसबाट अहिलेसम्म कूल सङ्क्रमितहरूको सङ्ख्या १२ लाख ६२ हजार ५४० पुगेको छ । 

सङ्क्रमितमध्ये १७ हजार ५५ जना भने पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका छन् । एकैदिनमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या थोरै भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्यामा वृद्धि भएको छ । 

मलेसियामा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको कूल सङ्ख्या दुई लाख २५ हजार ३९३ रहेको छ । तीमध्ये एक हजार ९५ जनालाई अति सघन कक्षमा राखिएको छ भने ५७१ जनालाई श्वास प्रश्वासमा सहयोगको आवश्यकता परेको छ । 

कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेकाहरूको कूल सङ्ख्या भने १० लाख २६ हजार ३९८ पुगेको छ । यो सङ्ख्या कूल सङ्क्रमितहरूमध्येको ८१.३ प्रतिशत हो । 

कोरोनाभाइरसका कारण दैनिक मृतक र सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि हुँदै गएपछि सरकारले प्रतिबन्धात्मक व्यवस्थाहरूमा कडाइ गर्ने बताएको छ । (सिन्ह्वा) 

अमेरिका र बेलायतद्वारा आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह

इकागज | साउन २४, २०७८

लण्डन- अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको विदेशी सैनिकको फिर्ता प्रक्रिया बढेपछि तालिवान विद्रोहीले ...

राष्ट्रसंघीय सुरक्षा परिषद्वारा पाकिस्तानमा भएको हिंसाको निन्दा

इकागज | साउन २३, २०७८

संयुक्त राष्ट्रसङ्घ - संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले हालै पाकिस्तानमा भएको हिंसात्मक हमलाको कडा शब्दमा...

बेलायतमा फेरि बढ्यो कोभिड संक्रमण, अमेरिकामा स्वास्थ्य मापदण्डमा कडाइ

इकागज | साउन २२, २०७८

लन्डन - बेलायतमा फेरि पनि कोभिड–१९ का सङ्क्रमितहरूको संख्या बढ्न थालेको बताइएको छ । पछिल्लो समाचा...

जेलमा रहेका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमा अस्पताल भर्ना

इकागज | साउन २२, २०७८

जोहनेसवर्ग - दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जाकोब जुमा अस्पताल भर्ना भएका छन् । जेल जीवन बिताइरहेका जुमा...