विश्व

कतार मध्यस्थकर्ता मात्र हो, तालिबानलाई प्रभावमा पारेका छैनौँ : उपप्रधान एवं विदेशमन्त्री

इकागज | भदौ ८, २०७८

काठमाडौँ - कतारी उपप्रधान तथा विदेश मामिलामन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले अफगानिस्तानबाट व्यक्तिहरूलाई निकाल्न कतारले सहयोगी भूमिका निर्वाह गरिरहेको बताएका छन् । तर, कतारले तालिबानलाई कुनै प्रभाव नपारेको स्पष्ट पार्दै  भनेका छन्, 'अरु अफगानिस्तानका धेरै पक्षको बीचमा आफूहरू मध्यस्थकर्ता रहेको जनाएका छन् ।'
  
उनले अफगानिस्तानमा शान्ति कायम राख्‍न र देशबाहिर जान चाहनेलाई कतारले सहयोग गर्दै आएको बताए । साथै, कतार एयरवेजले अफगानिस्तानबाट विदेशीलाई निकालेर  उनीहरुको देश फर्काउन पनि सहयोग गरिरहेको उनको भनाइ छ । सोमबारसम्म त्यहाँबाट ७ हजार जनालाई उद्धार गरिसकिएको र यो संख्या अझै बढ्ने उनले बताए ।
   
विदेशमन्त्री अल थानीले काबुलस्थित कतार दूतावासले पनि त्यस्ता व्यक्तिहरुलाई सहयोग गरिरहेको बताए । उनले आफ्नो मुलुक फर्किन नपाएका नागरिकलाई सहयोग गर्न खोजिरहेको जानकारी पनि दिए । उनले अफगानिस्तानमा मानवीय संकट कम गर्न खोजेको स्पष्ट पार्दै आफ्नो मुलुक नागरिकको मानविय सहयोगमा अब्बल तवरले उभिने पनि जनाएका छन्।
 

‘अमेरिकी बन्दुकले अर्को मुलुकमा मानवअधिकार रक्षा गर्न सक्दैन’

इकागज | भदौ ८, २०७८

काठमाडौँ- दोस्रो विश्वयुद्धपछि डेमोक्रयाटिक पार्टीबाट अमेरिकाको राष्ट्रपति बनेकाहरूबीच एउटा समानता देखिय...

काबुल विमानस्थल अस्तव्यस्त हुँदा अफगानिस्तानमा स्वास्थ्य सामाग्री तथा खाद्यान्न पुर्‍याउन सकिएन

इकागज | भदौ ७, २०७८

काठमाडौँ  -  काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा सहज रुपमा सञ्चालन नहुँदा अफगानिस्तान पुग्नु...

जापानले म्यानमारको सैनिक सरकारद्वारा नियुक्त कुटनीतिज्ञका लागि राहदानी जारी गर्न अस्वीकार

इकागज | भदौ ७, २०७८

टोकियो- जापानले म्यानमारको सैन्य सरकारद्वारा नियुक्त दुई कुटनीतिज्ञलाई राहदानी दिनका लागि गरिएको अनुरो...