विश्व

र्‍यानइअर नाफामा, ‘कठिन’ हिउँदको सामना गर्नुपर्ने

इकागज | भदौ १६, २०७८

लन्डन- गर्मीको बिदासँगै पर्यटकको आवागमनमा भएको वृद्धिसँगै सुलभ भाडादरको आइरिस ध्वजाबहाक र्‍्यानइअरले पुनः नाफामा फर्किएको छ ।  

उक्त विमान कम्पनीका कार्यकारी अधिकारी मिसेल ओलेरीले एएफपीलाई मंगलबार भने, 'लामो समयपछि जुलाईमा कम्पनीले सामान्य सुधार गरेको छ तर अझै कम्पनीले ‘कठिन’ हिउँदको सामना गर्नुपर्ने अनुमान गरेको छ ।'

 ओलेरीले लण्डनमा आयोजित एक प्रेस सम्मेलनमा भने, 'हामी जुलाईदेखि फेरि नाफामा फर्किएका छौँ । हामीलाई अगस्तमा पनि सुधारको सङ्केत मिलेको छ । महामारीको सुस्ततासँगै गर्मी समयमा बढेको आवागमन हाम्रा लागि आर्थिक सुधारको एक मात्र कडी हो । तर यो सुधार कायम राख्‍न जाडो समयमा कठिन हुनसक्नेतर्फ हामी सजग छौँ ।'  

डब्लिनमा मुख्यालय रहेको यस कम्पनीले महामारी अघिको अवस्थामा फर्किन अझै प्रयास गरिरहेको बताइएको छ । कम्पनीले विमान सेवालाई सस्तो बनाई धेरै यात्रुलाई आकर्षण गरेमा मात्र तत्कालका लागि सफलता प्राप्त हुने विश्लेषण गरेको ओलेरीले बताए । 

यो एयरलाइन्सले अगस्त र सेप्टेम्बर महिनामा महामारी पूर्वको ८० प्रतिशतसम्म व्यापार गर्ने विश्वास गरेको छ जुन नोभेम्बर र डिसेम्बरसम्ममा ९० प्रतिशत पुग्नेछ । 

यसबीच हिउँदको कारोबार बढाउन कम्पनीले लण्डन विमानस्थलबाट १४ वटा नयाँ मार्ग सञ्चालन गर्ने घोषणा ओलिरीले गरे । यसले हेलसिन्की, स्टकहोम, जाग्रेब, नेपल्स र ग्रेनोबल लगायतका गन्तव्यमा उडान सुरु उनले बताए । (एएफपी) 

काबुलबाट १७ दिनमा एक लाख २० हजार बढीको उद्धार गरेको अमेरिकाको दाबी

इकागज | भदौ १६, २०७८

वासिङ्टन डिसी, अमेरिका- अफगानिस्तानमा उद्धार अभियान अन्तर्गतसुरक्षा खतरा रहेका अफगानी नागरिक, अमेरिकी त...

अमेरिकी सेनाको फिर्तापछि काबुल विमानस्थलमा विशेष सेना परिचालन

इकागज | भदौ १५, २०७८

काबुल - अफगानिस्तानको राजधानी काबुलमा अवस्थित हमिद कारजाई अन्तरराष्ट्रिय विमानस्थलमा तालिबानले मंगलबार ...

अमेरिकी सेनाले छाड्यो अफगानिस्तान, विमानस्थलभित्र प्रवेश गरेर तालिबानी लडाकूले मनाए विजय उत्‍सव

इकागज | भदौ १५, २०७८

काठमाडौं - अमेरिकाले अन्तत: अफगानिस्तान छाडेको छ । अन्तिम अमेरिकी सैन्य विमानले काबुल विमानस्थल छ...

अमेरिकाको लुइजियानामा आँधीका कारण लाखौँ मानिस विद्युत सेवाबाट बञ्चित

इकागज | भदौ १४, २०७८

लुइजियाना - अमेरिकाको लुइजियानामा हालसम्म आएको सर्वाधिक शक्तिशाली मध्येको एक समुद्री आँधीका कारण तटीय ...