विश्व

महामारीका कारण प्रभावित अमेरिकी अर्थतन्त्रमा सुधार

इकागज | भदौ १२, २०७८

वासिङटन- अमेरिकी मुद्रास्फीतिको प्रमुख आधार गत महिना पनि बढेको छ । गत वर्ष कोभिड-१९ का कारण आएको मन्दीका कारण अमेरिकी अर्थतन्त्रमा परेको असर अझै जारी रहेको भएपनि शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कमा अमेरिकी अर्थतन्त्रले सुधारको बाटो लिएको छ । 

वाणिज्य मन्त्रालयले भनेको छ,'सन् २०२० को सोही महिनाको तुलनामा जुलाईमा व्यक्तिगत खर्चको मूल्य सूचकाङ्क द्रूत गतिमा वृद्धि भई मुद्रास्फीति ४.२ प्रतिशत कायम भएपनि समग्रमा आर्थिक सुचकाङ्कले सुधारको सङ्केत गरेको छ ।'  

अघिल्लो महिनाको तुलनामा आम्दानी १.१ प्रतिशतले वृद्धि भयो भने खर्च ०.३ प्रतिशतमा सीमित रहेको छ । विश्लेषकहरूले कोभिड-१९ को द्रूत गतिमा फैलिरहेको डेल्टा भेरिएन्टको कारण केही उपभोक्ताहरूले सामान्य अवस्थामा जस्तो खर्च गर्न नखोजेको भेटिएको बताएका छन् । 

अक्सफोर्ड इकोनोमिक्सकी लिडिया बुसौरले तथ्याङ्कलाई केलाउँदै भने, 'महामारीको थकानले तीव्र भावनात्मक प्रतिक्रियाहरू आउने गरेको पाइन्छ तथापि हामीलाई विश्वास के छ भने शान्त उपभोक्ताको कारण उपभोक्ता खर्चमा नियन्त्रण भएको छ जसका कारण अर्थव्यवस्था उल्टो हुँदैछ ।'
 
वाणिज्य मन्त्रालयले राष्ट्रपति जो बाइडेनको विस्तारित बाल कर क्रेडिटलगायतका मार्चमा आएका नागरिक प्रोत्साहन प्याकेजको अनुमोदनजस्ता सरकारी नीतिहरूले आय वृद्धिलाई बढाएको छ र कर्मचारीलाई दिइएको क्षतिपूर्तिको वृद्धिले पनि यसमा भूमिका खेलेको थियो ।

साधारणतया महामारीका कारण अमेरिकी अर्थतन्त्र कमजोर बनेको भएपनि आपूर्तिको कमीका साथसाथै श्रम अभावले गर्दा केही उद्योग मालिकहरूले ज्याला बढाउन थालेका छन् । यसले गर्दा मुद्रास्फीति बढेको छ र जुलाईको वृद्धि अघिल्लो बर्षको जून महिनाको भन्दा चार प्रतिशतभन्दा बढी रहेको छ । 

फेडरल रिजर्वले आफ्नो मूल्य वृद्धिको रुचाइएका नापको रूपमा पीसीई प्रयोग गर्दा उक्त तथ्याङ्कले उनीहरूलाई आफ्नो सरल मुद्रा नीतिलाई कम गर्न दबाब दिन सक्छ ।

अमेरिकी उपभोक्ताको सामान्य खर्च जुन महिनाको १.१ प्रतिशतभन्दा गत महिना निकै कम देखिएको छ । उपभोक्ताहरूले सेवाहरूको खर्च १०२.६ अर्ब अमेरिकी डलरले बढाएका तर सामानको खर्च ६०.४ अर्ब अमेरिकी डलरले कम गरेको भेटिएको छ । (एएफपी) 

पाँच लाख बढी अफगान शरणार्थीको ब्यवस्थापन आवश्यक : राष्ट्रसंघ

इकागज | भदौ १२, २०७८

जेनेभा- सन् २०२१ को अन्त्यसम्ममा थप पाँच लाखभन्दा बढी अफगानिस्तान नागरिकलाई विदेशमा शरणार्थीका रूपमा ब्यव...

काबुल हमलापछि अमेरिकाले भन्‍यो; मिसन रोकिदैन, हमलाकारीले मूल्य चुकाउनुपर्ने

इकागज | भदौ ११, २०७८

काठमाडाैं - अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थलमा भएको आतंकवादी हमलापछि अमेरिका क्रूध...

हमिद कार्जाई र अब्दुल्लाह अब्दुल्लाहलाई ‘नजरबन्द’मा राखिएको दाबी

इकागज | भदौ १०, २०७८

अफगानिस्तान - अफगानिस्तानका भूतपूर्व राष्ट्रपति हमिद कार्जाई र राष्ट्रिय पुनः मिलन उच्च परिषद्का प्रमुख अब्दु...