विश्व

श्रीलंकामा विदेशी विनिमय संकट बढेपछि केन्द्रीय बैंकका प्रमुखद्वारा राजीनामा

इकागज | भदौ २६, २०७८

कोलम्बो- श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले शुक्रबार ‘राजनीतिक र व्यक्तिगत मुद्दा’ कारण देखाउँदै राजीनामा दिएका छन् ।  विदेशी विनिमय सङ्कट तीव्र हुँदै गएपछि सरकारले आयातलाई नियन्त्रण गरेको छ । 

केन्द्रीय बैंक प्रमुख डब्ल्यू.डी. लक्ष्मणले विगत १० दिनको दौडान गम्भीर ‘मानसिक तनाव’ भएको बताउँदै ८० वर्षको उमेरमा आफ्नो योजनाबद्ध अवकाशभन्दा छ हप्ता अगाडि आगामी मङ्गलबार पदबाट हट्ने कुरा बताए । 

लक्ष्मणले राष्ट्रपति गोतबाया राजपाक्षको आर्थिक नीति तयार गरेको तर वैचारिक र व्यक्तिगत झडपका कारण यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न नसकेको बताए । 
वित्तमन्त्री बासिलले श्रीलङ्काले ‘खतरनाक विदेशी मुद्रा सङ्कट’ सामना गरेको घोषणा गरेको तीन दिनपछि केन्द्रीय बैंकका प्रमुख लक्ष्मणको घोषणा भएको हो ।  

अधिकांश निजी बैंकहरूको आवश्यक आयातका लागि लगानी गर्न विदेशी मुद्रा समाप्त भएको बताएपछि राष्ट्रपतिले गत हप्ता आर्थिक सङ्कटकालको अवस्था घोषणा गरेका थिए । पछिल्ला दिनहरूमा देशका विभिन्न सहरहरूमा चिनी र चामलका लागि दैनिक पसलहरूमा ठूलो लाइन देखिन थालेको छ । 

सरकारले मुद्रा बचाउनका लागि यसपहिले नै गाडी, केही खाना पकाउने तेल, मसला र अन्य सामान आयातमा रोक लगाइसकेको छ ।  बिहीबार केन्द्रीय बैंकले मोबाइल फोन, उपभोग्य वस्तु, टायर र लत्ताकपडाको आयातलाई वित्त पोषण गर्न ऋण उपलब्ध नगराउने भन्दै प्रतिबन्धलाई थप कडाइ गरेको हो ।

प्रमुख पर्यटन क्षेत्र बन्द भएपछि गत वर्ष श्रीलंकाको कोरोनाभाइरस प्रभावित अर्थव्यवस्था ै ३.६ प्रतिशतले घटेको थियो । सरकारी तथ्याङ्कले देखाएअनुसार जुलाईको अन्तमा विदेशी मुद्राको भन्डारण २.८ अर्ब अमेरिकी डलरमा झरेको छ । श्रीलङ्काले बाँकी वर्षको अवधिमा वैदेशिक ऋणको सेवा गर्न करिब दुई अर्ब डलर तिर्नु परेको छ । अन्तरराष्ट्रिय ‘रेटिङ एजेन्सी’हरूले देशको निक्षेपको अवस्थालाई कम गरेका छन् र यसले चाँडै पूर्वनिर्धारित व्यापार घाटामा योगदान गर्न सक्छ भन्ने डर व्यक्त गरेका छन् ।

उत्तरी मेसेडोनियाको अस्पतालमा आगलागी हुँदा १४को मृत्यु, दर्जनौ घाइते

इकागज | भदौ २५, २०७८

तेतोभो, मेसेडोनिया - उत्तरी मेसेडोनियाको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा १४ जनाको ज्यान गएको छ । को...