विश्व

दक्षिण चीनमा डुङ्गा दुर्घटना, आठ जनाको मृत्यु

इकागज | साउन २६, २०७८

नानिङ - दक्षिण चीनमा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु  भएको छ भने १३ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार गाङ्सी झुआङको बिहाई नगरको तटीय इलाकामाछा मार्न प्रयोग गरिएको उक्त डुङ्गामा ६१ जना सवार रहेका थिए । समुद्रमा माछा मारेर फर्कने क्रममा उक्त डुङ्गा दुर्घटनाग्रस्त भएको थियो ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । ज्यान जोगाउन समुद्रमा हाम फालेका अन्य व्यक्तिलाई सकुशल उद्धार गरिएको थियो । डुङ्गामै सवार डुङ्गाका मालिकलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । उक्त दुर्घटनाका बारेमा स्थानीय प्रशासनले छानबिन सुरु गरेको छ । रासस

रायसी र म्याक्रोँबीच फोनवार्ता : परमाणु वार्ताले इरानी ’अधिकार’ प्रत्याभूत गर्नुपर्ने रायसीको अडान

इकागज | साउन २६, २०७८

तेहरान- इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले सोमबार आफ्ना फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोँलाई सन् २...

कोरोनाविरुद्धको खोपका लागि चिनियाँ राष्ट्रपतिको आग्रह

इकागज | साउन २६, २०७८

बेइजिङ- कोरोनाविरुद्धको खोपको उपलब्धताका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङले अन्तर्राष्ट्रिय समुदायलाई आग्...

अफगानिस्तानमा रेडियो सम्पादकको हत्या, एक पत्रकारलाई बन्धक बनाइयो

इकागज | साउन २५, २०७८

अफगानिस्तान - अफगानिस्तानको पाकटिया घाग रेडियो स्टेशनका प्रधान सम्पादक टोफान ओमारीको आइतबार काबुलको दे...

अफगानिस्तानको अर्को प्रान्तीय राजधानी पनि कब्जा गरेको विद्रोहीको दाबी

इकागज | साउन २५, २०७८

काबुल - अफगानिस्तानमा संघर्षरत तालिबान विद्रोही लडाकूहरूले अर्को प्रान्तीय राजधानी पनि नियन्त्रणमा लिएको ...

जापानमा मिरिना आँधी

इकागज | साउन २५, २०७८

टोकियो, जापान- देशको पूर्वी तट नजिकै आइरहेको मिरिना आँधीका कारण टोकियो नजिकैको चिबाबाट हजारौँ मानि...

चीनले कोभिड प्रभावित क्षेत्रका यात्रीहरूमाथि प्रतिबन्ध लगाउने

इकागज | साउन २५, २०७८

बेइजिङ- कोभिड-१९ को सङ्क्रमण भएका क्षेत्रहरूबाट चीन आएका यात्रीहरूमाथि प्रतिबन्ध लगाएर कोभिड-१९ महामारी ...