विश्व

लण्डनमा लकडाउनविरुद्ध प्रदर्शन : प्रहरी र प्रदर्शनकारीबीच झडप, केही गिरफ्तार

इकागज | साउन १०, २०७८

एजेन्सी- बेलायतको लण्डनमा लकडाउनका विरुद्धमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीका बीचमा केहीबेर झडपसमेत भएको थियो । झडपमा परी चार प्रहरी घाइते भएका छन् । 

स्थानीय समयअनुसार शनिबार भएको प्रदर्शनबाट प्रहरीले कम्तीमा ६ जनालाई गिरफ्तार गरेको अधिकारीहरूले जनाएका छन् । सामान्यतयाः प्रदर्शन शान्तिपूर्ण नै भए पनि एक जना प्रदर्शनकारीले प्रहरीलाई बोतल प्रहार गरेपछि प्रहरीले प्रक्रियास्वरूप आक्रमणकारीलाई नियन्त्रणमा लिन खोजेपछि झडप भएको प्रहरीको भनाइ छ ।  

बेलायतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या बढ्दै गएकाले सरकारले लकडाउनलाई पनि निरन्तरता दिँदै आएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या ३१ हजार ७९५ रहेको छ । 

अफगानिस्तानमा शान्तिका लागि नयाँ सरकार गठन हुनुपर्ने तालिबान समूहको माग

इकागज | साउन १०, २०७८

एजेन्सी - अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लाने प्रक्रिया अघि बढाइएको भनी समाचारहरू आइरहेका समयमा यह...

लकडाउनको विरोधमा अस्ट्रेलियाका ठूला सहरहरूमा प्रदर्शन, प्रधानमन्त्री मोरिसनले गरे निन्दा

इकागज | साउन १०, २०७८

अष्ट्रेलियाका विभिन्न राज्यमा सङ्क्रमण फैलिन थालेपछि सिड्नीलगायतका सहरहरूमा सरकारद्वारा जारी लकडाउन र स्वा...

भारतमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १२४ पुग्यो, उद्दार कार्य जारी

इकागज | साउन १०, २०७८

मुम्बई- भारतमा भारी मनसून वर्षाको कारण उत्पन्न बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या आइतबार १२४ पुग...

४२ करोड भारतीय नागरिकले लगाए खोप, पछिल्लो २४ घण्टामा मात्रै खोप लगाउनेको संख्या ५४ लाख ७६ हजार

इकागज | साउन ८, २०७८

एजेन्सी - भारतमा अहिलेसम्म ४२ करोड ३४ लाख १७ हजार ३० जनालाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ । ...