विश्व

अमेरिकामा हेलिकोप्टर दुर्घटना, चारको मृत्यु

इकागज |
साउन १८, २०७८ सोमबार २१:२५ बजे

लस एन्जेलस् - अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियामा आइतबार अपराह्न भएको एक हेलिकोप्टर दुर्घटनामा परी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय समय अनुसार आइतबार दिउसो १:१५ बजे क्यालिफोर्निया राज्यको कोलुसा जिल्लामा सो दुर्घटना भएको प्रहरी स्रोतले जानकारी दिएको छ । हेलिकोप्टरमा सवार रहेको चार जना व्यक्तिको नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र प्रत्यक्र्षदर्शीहरुलाई सोधपुछ शुरु गरिएको समाचारमा जनाइएको छ । कोलुसा  जिल्ला क्यालिफोर्निया राज्यको केन्द्रमा पर्दछ ।  यस घटनाको विस्तृत विवरण प्राप्त भएको छैन । (रासस)
 



Author

थप समाचार
x