विश्व

जापानको सत्तारुढ दलको दोस्रो मुख्य नेतामा अमारी नियुक्त

इकागज | असोज १५, २०७८

जापानको सत्तारुढ दल लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी) को दोस्रो मुख्य पदमा अर्का प्रभावशाली नेता अकिरा अमारीलाई नियुक्त गरिएको छ । 

पार्टीका नवनिर्वाचित अध्यक्ष तथा भावी प्रधानमन्त्री फुमिओ किशिदाले पूर्व अर्थमन्त्री समेत रहेका अमारीलाई पार्टीको महासचिवमा नियुक्त गरेका हुन् । 

पार्टीको अति महत्वपूर्ण जिम्मेबारी अमारीलाई सुम्पिने निर्णय उहाँले बिहीबार गरेको पार्टी श्रोतले जनाएको छ । 

अहिले पार्टीको कर प्रणालीसम्वन्धी अनुसन्धान आयोगको प्रमुख रहेका ७२ बर्षीय नेता अमारीलाई जापानमा क्षमतावान, प्रभावशाली र राम्रो नेताको रूपमा चिनिन्छ । 

पार्टी अध्यक्षमा किशिदा निर्वाचित भएपछि पार्टी र सरकार तर्फ धेरै जिम्मेवारी हेरफेर हुने देखिएको छ । 

जापानका पूर्व विदेशमन्त्रीसमेत रहेका किशिदाले २५७ मत ल्याएर जित हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी तारो कोनोले भने १७० मत ल्याएका थिए । 

नवनिर्वाचत अध्यक्ष किशिदाले वर्तमान प्रधानमन्त्री योशिहिडे सुगालाई विस्थापित गर्नेछन् । सुगाले पार्टी अध्यक्षमा उम्मेदवारी नदिएपछि किशिदाले निर्वाचित हुने मौका पाएका हुन् ।

सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको र कोरोनाभाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेकोभन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफै पछि हट्ने घोषणा गरेका थिए । उनी प्रधानमन्त्री भएको झण्डै एक बर्षमै विदा हुन लागेका हुन् । 

बंगलादेशमा शरणार्थी शिविरभित्रै शरणार्थी नेता उल्लाहको हत्या

इकागज | असोज १५, २०७८

ढाका- बंगलादेशमा म्यानमारबाट आएका रोहिंज्या शरणार्थी रहेको शिविरभित्र गोप्यरूपमा प्रवेश गरी एक शरणार्थी ...

खोप लगाएका पर्यटकले आगमनका लागि पीसीआर परीक्षण गर्नु नपर्ने : श्रीलंका

इकागज | असोज १४, २०७८

कोलम्बो- श्रीलंकाका स्वास्थ्य मन्त्री कहेल्या रामबुकवेलाले बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा भएर भित्रिने ...

जापानको सत्तारुढ दलको अध्यक्षमा किशिडा निर्वाचित, चाडै प्रधानमन्त्री बन्‍ने

इकागज | असोज १४, २०७८

जापान- जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रुपमा फुमिओ किशिडा निर्वाचित भएका छन् । लिवरल डेमोक्रयाटिक ...

मस्को र अङ्काराले क्षेत्रीय सन्तुलनका लागि ‘सम्झौता’ गरेर अघि बढ्ने : पुटिन

इकागज | असोज १३, २०७८

मस्को - राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका नेता रेसेप तैयप एर्दोगानसँगको वार्तामा तयारी हुँदैगर्दा बुधब...