विश्व

बेलायतमा कोरोना संक्रमण झन् बढ्यो, एकै दिन ४९ हजार संक्रमित

इकागज | कात्तिक २, २०७८

लन्डन- बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएको बताइएको छ । यहाँ २४ घन्टा यतामात्र कोरोना भाइरसका करिब ५० हजार सङ्क्रमित भेटिएका छन् ।बेलायतका अधिकारीहरुले कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको बताएका छन् । सोमबार यहाँ ४९ हजार १५६ जना सङ्ंक्रमित देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यो संख्या यहाँ महिनौँपछिको सबैभन्दा धेरै हो । पछिल्ला केहीदिनमा यहाँ संक्रमण झन् बढेको पाइएको छ । अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या करिब ८५ लाख पुगेको पनि जनाएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा ४५ जनाको निधन भएको छ । यो समेतगरी यहाँका १ लाख ३८ हजार भन्दा धेरै मानिसको यो सङ्क्रमणबाट ज्यान गएको छ ।

महिनौँपछि यहाँ ठूलो संख्याका सङ्क्रमितहरु पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गर्नुभएको छ ।यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन् । बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये सात हजार ७०० जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् । (सिन्हवा)

अफगानिस्तानका छात्रा चाँडै विद्यालय जान पाउने तालिबानको दाबी

इकागज | कात्तिक २, २०७८

काबुल- अफगानिस्तानको सत्ता सञ्चालन गरिरहेको तालिबान समूहले छात्रालाई चाँडै विद्यालय फर्काउने व्यवस्था गर्न...

पहिचानविहीन रोहिग्यांको प्रश्‍न : विश्‍वमा हामी बस्‍ने देश छैन ?

पूजा बस्‍नेत | कात्तिक १, २०७८

काठमाडौँ- आकासमा उड्ने चरीले पनि आफ्ना निम्ति घर बनाउँछ । हामी त मानव हौँ, हामीलाई घर मात्रै होइन, मा...

वर्षा र बाढीबाट भारतको केरलामा २६ को मृत्यु, कैयौँ अझै बेपत्ता

इकागज | कात्तिक १, २०७८

नयाँ दिल्ली - भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि निरन्तर रूपमा भएको वर्षा र यसका कारण आएको बाढीम...

पाकिस्‍तानमा आगलागीमा परी एक परिवारका सात व्यक्तिको मृत्यु

इकागज | कात्तिक १, २०७८

इस्लामाबाद - पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको आगलागीमा परी एकै परिवारमा सात व्यक्तिको मृत्य...