विश्व

भारतमा थपिए १२ हजार कोरोना सङ्क्रमित

इकागज | कात्तिक १९, २०७८

नयाँदिल्ली- भारतमा पछिल्लो एक दिनमा थप १२ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

सरकारी अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार थप १२ हजार ८५५ सङ्क्रमित नयाँ भएका हुन् । 

सोही अवधिमा भारतमा देशभरी कुल ४६१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या एक लाख ४८ हजार ५७९ रहेको छ । तीमध्ये १५ हजार ५४ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् । 

दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने दिनप्रति दिन घट्दै गइरहेको छ ।

भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेकाको कुल सङ्ख्या तीन करोड ३७ लाख १२ हजार ७९४ पुगेको मन्त्रालयले जनाएको छ ।  

त्यसैगरी भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकै कारणले अहिलेसम्म चार लाख ५९ हजार ६५२ मृत्यु भएको छ । (एएनआई) 

इथियोपियाको हिंसाबारे संयुक्त राष्ट्रसंघको गम्भीर चासो

इकागज | कात्तिक १८, २०७८

इथियोपिया- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पछिल्लो समयमा जारी रहेको हिंसा...

तालिबानद्वारा अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न प्रतिबन्ध

इकागज | कात्तिक १८, २०७८

काबुल- अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न तालिवान सरकारले प्रतिबन्ध लगाएको छ ।  विदेशी मुद्...

कोरोनाबाट ५० लाखभन्दा बढीको मृत्यु भएपछि राष्ट्रसंघले भन्यो- खोप सबैलाई दिइयोस्

इकागज | कात्तिक १७, २०७८

संयुक्त राष्ट्रसंघ- विश्वमा कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या ५० लाख नाघेको बताइएको छ । गएको...

लिबियाको तटबाट ९२ गैरकानुनी आप्रवासीको उद्धार : राष्ट्रसंघ

इकागज | कात्तिक १७, २०७८

त्रिपोली- शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले सोमबार ९२ गैरकानूनी आप्रवासीलाई उद्धार गरी लिब...

काबुलको एक अस्पतालमा आइएसले गराएको विष्फोटमा कम्तीमा १९ को मृत्यु ४३ घाइते

इकागज | कात्तिक १६, २०७८

काठमाडौँ - काबुलमा मंगलबार भएको दुईवटा छुट्टाछुट्टै विष्फोटमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । उक्त...