विश्व

मलेसिया र सिंगापुरले हवाई यात्राका लागि क्वारेन्टाइन अनिवार्य हटाउने

इकागज | कात्तिक २३, २०७८

क्वालालम्पुर- मलेसिया र सिंगापुरले भ्याक्सिनेटेड ट्राभल लेन (VTL) को शुभारम्भसँगै दुई देशबीच उडान गर्ने यात्रुहरूका लागि क्वारेन्टाइन अनिवार्यतालाई हटाएको मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले सोमबार  बताएका छन् ।

मलेसियाको प्रधानमन्त्री कार्यालय र सिंगापुरको प्रधानमन्त्री कार्यालयबाट जारी संयुक्त प्रेस विज्ञप्ति अनुसार नोभेम्बर २९ बाट लागू हुने उक्त सम्झौताको अर्थ विछोडिएका परिवारहरूलाई पुनर्मिलन हुने अवसर प्रदान गर्नु हो ।

'दुवै देशले आ-आफ्ना जनतालाई खोप लगाउन र कोभिड-१९ महामारीको व्यवस्थापनमा गरेको महत्त्वपूर्ण प्रगतिलाई ध्यानमा राख्दै प्रधानमन्त्रीहरूले क्रमशः सीमापार यात्राहरू पुनः सञ्चालन गर्न समय सान्दर्भिक भएको प्रतिक्रिया दिएका छन् ।

सिंगापुरले भ्याक्सिनेटेड ट्राभल लेनले क्वालालम्पुर इन्टरनेशनल एयरपोर्ट (KLIA) र सिंगापुरको चाङ्गी एयरपोर्टबाट मात्र हवाई यात्रालाई समेट्नेछ । यद्यपि दुई देशलाई जोड्ने अन्य मार्गलाई पुनः सञ्चालन गर्न भने थप वार्ता आवश्यक हुने बताइएको छ । (सिन्ह्वा)

भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेपविरुद्ध रुसको ऐक्यबद्धता

इकागज | कात्तिक २३, २०७८

काबुल, अफगानिस्तान- ल्याटिन अमेरिकी राष्ट्रको आन्तरिक मामिलामा विदेशबाट हस्तक्षेप गर्ने कुनै पनि प्रयासको ...

तालिबानद्वारा सम्बन्ध पुनर्मूल्याङ्कन गर्ने जर्मनीको निर्णयको स्वागत

इकागज | कात्तिक २३, २०७८

काबुल, अफगानिस्तान- तालिबानका प्रवक्ता अहमदुल्लाह वासिकले तालिबानसँगको सम्बन्धको पुनर्मूल्याङ्कन गर्ने जर्मन...

भारतको छत्तीसगढमा एक प्रहरी जवानले गरे गोली हानेर आफ्नै चार साथीको हत्या

इकागज | कात्तिक २२, २०७८

काठमाडौँ - भारतको छत्तीसगढ राज्यमा एक प्रहरी जवानले आफ्नै साथीमाथि गोली प्रहार गरेका छन् । गोली प्रहारबा...

इराकी प्रधानमन्त्रीद्वारा शान्ति वार्ताका लागि आह्वान

इकागज | कात्तिक २२, २०७८

बग्दाद- इराकी प्रधानमन्त्री मुस्तफा अल-काधिमीले आइतबार आफ्नो आधिकारिक निवासलाई लक्षित गरी ड्रोनद्वारा गरिए...