विश्व

राइफल बोकेको तस्विर ट्विट गरेपछि विवादमा तानिए अमेरिकी सांसद

इकागज | मंसिर २०, २०७८

काठमाडौँ - राइफल बोकेर खिचेको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेपछि अमेरिकाका एक सांसद विवादमा तानिएका छन् । विद्यालयमा भएको गोलीकान्डपछि परिवारका सदस्यले गोली बोकेको तस्विर उनले ट्विट गरेका थिए । केन्टुकीबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन सांसद थोमस मासीले ट्विवटरमा सो फोटो पोस्ट गरेपछि उनी विवादमा तानिएका थिए । म्यासीले सो तस्विर ट्विट गर्दै लेखेका थिए, मेरी क्रिसमस । सान्ता कृपया बारुद ल्याइदेउ । 

बन्दुक आक्रमणका पीडितले सो पोस्टको निन्दा गरेका छन् । उनी संवेदनहीन भएको ट्विटरका प्रयोगकर्ताले आरोप लगाएका छन् । मानवीय संवेदनाप्रति उनी बहिरो भएको कतिपयले गुनासो गरेका छन् । 

मिसिगनको एउटा विद्यालयमा भएको गोली कान्डको पृष्ठभूमिमा सो फोटो पोस्ट गरिएको छ । सो गोलीकान्डमा चार जना किशोरको मृत्यु हुनुका साथै सात विद्यार्थी घाइते भएका थिए । १५ वर्षीय विद्यार्थीले बाबुको बन्दुक बोकेर  विद्यालयमा अन्धाधुन्दा गोली प्रहार गरेका थिए । अक्रमणकारीका अभिभावकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । 

अमेरिकामा बन्दुक नियन्त्रणका लागि कानुनी रुपमै पहल गर्नुपर्ने बहस बढिरहकै बेला सो घटना भएको थियो । न्युज कारखाना

 

म्यानमारकाे सेनाले प्रदर्शनकारीमाथि ट्रक चलायाे : पाँचकाे मृत्‍यु, दर्जनाैं घाइते

इकागज | मंसिर २०, २०७८

यांगुन - म्यानमारकाे सेनाले प्रदर्शनकारीमाथि ट्रक चलाउँदा पाँच जनाकाे मृत्यु भएकाे छ भने अरु दर्जन...