विश्व

हजारौँ अफगानिस्तानी बालबालिकालाई सहयोग : युनिसेफ

इकागज | पुस ७, २०७८

काबुल- संयुक्त राष्ट्रसंघ अन्तर्गतको बालबालिकासम्वन्धी निकायले अफगानिस्तानका हजारौँ बालबालिकालाई विभिन्न सहयोग उपलब्ध गराइएको जनाएको छ । 

राष्ट्रिसंघीय निकाय युनिसेफले सन् २०२१ को ११ महिनामा उनीहरुको आवश्यकता अनुसारका विभिन्न सहयोगहरू उपलब्ध गराइएको जनाएको हो ।

जाडो मौसम आउनुअघि नै जाडोको समयमा आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराइएको युनिसेफका अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।  

यही सन् २०२१ को जनवरी देखि नोभेम्बरसम्ममा दुई लाख ९५ हजारभन्दा बढी बालबालिकालाई कुपोषणबाट बच्न सहयोग गर्ने सामग्रीहरु वितरण गरिएको युनिसेफले जनाएको छ । 

युनिसेफका अधिकारीहरुका अनुसार छ लाख ५३ हजारभन्दा बढीलाई खोप प्रदान गरिएको छ भने सात लाख ५८ हजार बालबालिकालाई अध्ययन अध्यापन सम्वन्धी सामग्रीहरू उपलब्ध गराइएको छ । 

त्यसैगरी २८ हजारभन्दा बढीलाई अत्यावश्यक मानवीय सहायताका लागि नगर रकम नै उपलब्ध गराइएको युनिसेफद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । 

द्वन्द्वबाट धेरै प्रभावित यस मुलुकमा युनिसेफले विभिन्न सहयोगका कार्यक्रमहरु लामो समयदेखि सञ्चालन गर्दै आइरहेको छ । (सिन्ह्वा)

बेलायतले ओमिक्रोन प्रभावित व्यवसायका लागि एक अर्ब पाउण्डस्टर्लिङ सहयोग दिने

इकागज | पुस ७, २०७८

लन्डन- क्रिसमसका समय कोरोनाभाइरसको ओमिक्रोनको सबैभन्दा बढी असर परेका व्यवसायीलाई सहयोग गर्न बेलायतले मं...

तालिबानद्वारा डुरान्ड लाइनमा खडा गरिएको पाकिस्तानको काँडेतार ध्वस्त

इकागज | पुस ६, २०७८

काठमाडौँ - तालिबानले अफगानिस्तानको नान्गाहार प्रान्तको गुस्ता जिल्लाको डुरान्ड लाइनमा पाकिस्तानी सेनाले ख...

पाकिस्तानमा विपक्षीले किन माग्यो प्रधानमन्त्री खानको राजीनामा ?

इकागज | पुस ६, २०७८

इस्लामाबाद- पाकिस्तानको प्रमुख विपक्षी दलले प्रधानमन्त्री इमरान खानको राजीनामा माग गरेको छ । उच्च तहको अन्...

जीवन नै रद्द गर्नुभन्दा विदाको कार्यक्रम रद्द गर्नूस् : डब्लूएचओ

इकागज | पुस ६, २०७८

न्युयोर्क- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी फैलिएको भन्दै मानिस...