विश्व

नेल्सन मन्डेलाका समकालीन तथा नोबेल शान्ति विजेता टुटुको निधन

इकागज | पुस ११, २०७८

एजेन्सी - दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्न मुख्य भूमिकामा रहेका एक चर्चित व्यक्तिको मृत्यु भएको छ ।

रंगभेद आन्दोलनका अगुवा डेसमन्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको हो । रंगभेद विरोधी आन्दोलनमा महत्वपूर्ण भूमिका निभाएको भन्दै टुटुलाई सन् १९८४ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । 

नेल्सन मन्डेलाका समकालीन टुटु सन् १९४८ देखि सन् १९९१ सम्म दक्षिण अफ्रिकामा भएको रंगभेदी आन्दोलनका अगुवामध्येका एक थिए ।

सन् १९५३ मा दक्षिण अफ्रिकाका विद्यालयहरूमा रंगका आधारमा विद्यार्थी छुट्टाउने कानुन बनेपछि टुटु  शिक्षण पेसा त्यागेर चर्च सामाज सेवामा होमिएका थिए ।

भारतको बिहारमा खाद्य प्रशोधन कारखानामा विष्फोट, ६ जनाको मृत्यु

इकागज | पुस ११, २०७८

एजेन्सी - पूर्वी भारतको बिहार राज्यमा खाद्यान्न प्रशोधन गर्ने कारखाना भित्रको बोयलर विष्फोट हुँदा कम्तीमा छ...

भारतमा ६० वर्षमाथिका सबैलाई कोभिडको बुस्टर डोजः प्रधानमन्त्री मोदी

इकागज | पुस ११, २०७८

नयाँ दिल्ली - भारतमा ६० वर्षमाथिका सबैलाई बुस्टर डोज दिइने भएको छ । सरकारले आगामी १० जनवरीदेखि स्वास्थ्...