राजनीति

इलाम-२ मा एमाले उम्मेदवार सुहाङको अग्रता कायमै

इकागज |
बैशाख १६, २०८१ आइतबार २०:१२ बजे

काठमाडौँ- इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै रहेको छ ।

फाकफोकथुम गाउँपालिकाको ५ वटा वडाको मतगणना सकिँदा सुहाङले ३ हजार २४९ मत पाएका छन् भने कांग्रेसका डम्बरबहादुर खड्काले दुई हजार ४६९ मत पाएका छन् । तेस्रो स्थानमा रहेका पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ७०३ मत पाएका छन् ।


त्यस्तै चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ४३४ मत पाएका छन् ।


Author

थप समाचार
x