राजनीति

रोमाञ्चक बन्दै बझाङको मत गणना, एमालेलाई उछिन्दै कांग्रेसले लियो अग्रता

इकागज |
बैशाख १७, २०८१ सोमबार ६:३८ बजे

काठमाडौँ- प्रदेश सभाको बझाङ–१ (क) को मतगणनामा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । सुरुवाती मत गणनामा नेकपा एमालेले दोब्बर मतसहित अग्रता बनाएकोमा सोमबार बिहानदेखि कांग्रेसले अग्रता लिएको हो

कांग्रेसका अभिषेक सिंहले ७४९२ मत पाउँदा एमालेका दमनबहादुर भण्डारीको ७२२८ मतसहित  पाएका छन् । 


त्यस्तै नेकपा माओवादी केन्द्रका जनक बुढाले २८९५ मत पाएका छन् । एकीकृत समाजवादीका दिलबहादुर सिंहले २१०२ मत पाएका छन् ।


Author

थप समाचार
x