फुटबल

लिभरपुलले च्याम्पियन्स लिगमा स्थान बनाउन नसकेपछि सालाह स्तब्ध

इकागज |
जेठ १२, २०८० शुक्रबार ११:१३ बजे

काठमाडौँ- इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहमद सालाहले लिभरपुलले च्याम्पियन्स लिगमा स्थान बनाउन असफल भएपछि आफू स्तब्ध भएको बताएका छन् ।

इंग्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई ४-१ ले पराजित गरेसँगै लिभरपुलले च्याम्पियन्स लिग नखेल्ने पक्का भएको थियो ।


गत सिजन लिभरपुलले विजेता म्यानचेस्टर सिटीसँग केवल एक अंकले पछि परेको थियो । तर यसपटक भने खेलाडी घाइते हुनुका साथै प्रदर्शन खस्किएपछि लिभरपुलले भने च्याम्पियन्स लिगमा स्थान बनाउन सकेन ।

लिभरपुलले च्याम्पियन्स लिग गुमाउने भएपछि सालाहले सामाजिक सञ्जाल ट्विटरमार्फत आफू स्तब्ध भएको जनाएका छन् । उनले च्याम्पियन्स लिगमा स्थान बनाउनका लागि कडा मेहनत गरेको समेत जनाए ।

लिभरपुलले लिगको अन्तिम खेलमा आइतबार साउथाम्पटनको सामना गर्नेछ ।


Author

थप समाचार
x