बैंक-वित्त

प्रभु बैंकका अप्रेसन इन्चार्ज ६ दिनदेखि बेपत्ता

इकागज |
माघ २८, २०८० आइतबार ११:२३ बजे

फाइल तस्बिर

काठमाडौँ - रुकुम पश्चिमका प्रभु बैंकका अप्रेसन इन्चार्ज ६ दिन देखि बेपत्ता भएका छन् । आठबिसकोट नगरपालिकाको राडी बजारस्थित प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम शाह ६ दिनदेखि बेपत्ता हुन् । 

आफ्नो बचत रकम हिनामिना गरेर शाह बेपत्ता भएको भन्दै बचतकर्ताहरू हरेक दिन शाखा कार्यालयमा धाउने गरेका छन् । 


बैंकमा बचत गर्न दिएको पैसाको नक्कली भौचर दिएर झुक्याइएको बचतकर्ताहरूको गुनासो छ । 

 बैंकको कर्णाली प्रदेशबाट आएका दुई जनाको टोलीले अनुसन्धान गरिरहेको शाखा प्रमुख डम्बर गौतमले जानकारी दिए ।

 


Author

थप समाचार
x