बैंक-वित्त

युनाइटेड इदी मर्दीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

इकागज |
फागुन ३, २०८० बिहीबार ११:३६ बजे

काठमाडौं - युनाइटेड इदी मर्दी एन्ड आर.बि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाले आजै लाभांश हात पार्न सेयरधनी बनिसक्नुपर्नेछ ।

युनाइटेड इदी मर्दीले शेयरधनीहरूका लागि लाभांश वितरण गर्ने जनाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९ नगद लाभांश (कर तिर्न) वितरण गर्दैछ । साधारण सभा प्रयोजनका लागि यसले फागुन ४ गते बुक क्लोज गर्ने भएको छ ।


उक्त लाभांश पारित गर्न यस कम्पनीले फागुन १७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।


Author

थप समाचार
x