सिनेमा

एआई एप विरुद्ध स्कारलेटको उजुरी

इकागज |
कात्तिक १६, २०८० बिहीबार १५:३६ बजे

लसएन्जल्स - आफ्नो अनुमतिबिना एआई एपले आफूलाई प्रयोग गरेर विज्ञापन गरेको भन्दै अभिनेत्री स्कारलेट जोन्सनले एपविरुद्ध उजुरी गरेकी छिन् । सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञापनमा जोन्सनले लिजा एआई एपको विज्ञापन गरेकी छिन् । विज्ञापनको लम्बाई २२ सेकेन्ड रहेको छ । 

जोन्सनका प्रवक्ताले उनी एपको प्रचारक नभएको स्पष्ट पारेका छन् । अहिले त्यो विज्ञापन एक्समा नरहे पनि आफूहरूले यसलाई सामान्य रुपमा नलिएको जोन्सनका वकिलले प्रतिक्रिया दिएका छन् । 


‘हामीले यसलाई सामान्य रुपमा लिएका छैनौँ,’ वकिलको भनाइ छ, ‘लिनुपर्ने कानुनी उपचारमा हामी गइसकेका छौँ ।’भिडियो क्लिप जोन्सनको ‘ब्ल्याक विडो’बाट बनाइएको थियो । भिडियोमा जोन्सनको आवाज पनि दुरुस्त उतारिएको छ । विज्ञापनमा उनले एपको मद्दतले तस्बिर र एआई भिडियो पनि बनाउन सकिने कुरामा जोड दिइएको छ । 
अमेरिकामा राज्य अनुसार अनुमतिबिना फोटो वा भिडियो प्रयोग गर्न नपाइने कानुन छ । गत महिना टम ह्याङ्क्सले पनि आफूलाई गलत विज्ञापनमा प्रयोग गरेको पाएपछि सूचना नै निकाल्न परेको थियो । 
 


Author

थप समाचार
x