सिनेमा

‘आरआरआर’ अभिनेता रामचरण र जुनियर एनटीआर ओस्कारको एक्टर्स ब्रान्चको सदस्य

इकागज |
कात्तिक १६, २०८० बिहीबार १७:४४ बजे

मुम्बई-  ‘आरआरआर’ अभिनेता रामचरण र जुनियर एनटीआर एकेडेमी अवार्डस् एन्ड साइन्सेज (ओस्कार) का तर्फबाट एक्टर्स ब्रान्चको नयाँ सदस्य बनेका छन् । बिहीबार ओस्कारले रामचरणलाई पनि एक्टर्स ब्रान्चको सदस्यको रुपमा स्वीकार गरेको पुष्टि गरेसँगै  ‘आरआरआर’ अभिनेताद्धय यसको सदस्य बनेका हुन् ।

ओस्कारले हप्ता दिनअघि जुनियर एनटीआरलाई सदस्यको रुपमा स्वीकार गरेको जानकारी सार्वजनिक गरेको थियो । यही समयमा रामचरणका फ्यानले उनलाई किन सदस्य नबनाइएको भन्दै ओस्कारलाई असन्तुष्टि जनाएका थिए । फ्यानको असन्तुष्टिका कारण हो कि प्रक्रियागत रुपमा टुंगो नलागेर हो, ओस्कारले भने बिहीबार मात्र रामचरण पनि नयाँ सदस्य भएको सूचना जारी गरेको हो ।


इन्स्टाग्राममा सूचना जारी गर्दै ओस्कारले अभिनयको सुक्ष्मतामार्फत देशको कला संस्कृतिलाई प्रवद्र्धनसँगै दर्शकलाई मनोरञ्जन प्रदान गरेकोमा रामचरणलाई एक्टर्स ब्रान्चको नयाँ सदस्यको रुपमा नियुक्त गरिएको जनाएको छ । ओस्कारमा लेखकदेखि कलाकारसम्मलाई समेट्ने १८ वटा शाखा छन् । तर यिनमा सदस्य बन्नका लागि आवेदन दिएर पाइँदैन । पहिला नै यो शाखामा सदस्य रहेका दुई जनाले सिफारिस गरेपछि मात्र कुनै पनि शाखाको सदस्य बन्न पाइन्छ । 

तर कुनै व्यक्ति ओस्कार अवार्डमा मनोनयनमा परेको छ भने उसलाई दुई जनाको सिफारिस नभए पनि हुन्छ । रामचरण र जुनियर एनटीआर यही कारण पनि अभिनेताको शाखामा सदस्य बन्न योग्य मानिएका हुन् । दुवै जना अघिल्लो संस्करणको ओस्कार अवार्डमा ‘आरआरआर’बाट अभिनेताको विधामा मनोनयनमा थिए । चलचित्रले संगीतकार विधामा ओस्कार जितेको थियो ।


 


Author

थप समाचार
x