सिनेमा

‘कामिनो’ बनेन, सन्तोष सेनको ‘बलिदान’मा अटाएनन् प्रदीप ?

इकागज |
कात्तिक १८, २०८० शनिबार १२:३४ बजे

काठमाडौँ - अघिल्लो साल दुई दुई फिल्म दर्शकलाई दिएका प्रदीप खड्काको यो साल खाली जाने निश्चित जस्तै देखिएको छ । यो साल फ्लोरमा जाने भनेको ‘कामिनो’ फ्लोरमा गएको अत्तोपत्तो छैन भने उनको घरेलु निर्माता सन्तोष सेनले पनि यो पटक प्रदीप बिनै नयाँ फिल्म सुटिङ गर्ने चर्चा छ । 

‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनले अब ‘बलिदान’ शीर्षकमा चलचित्र बनाउने घोषणा गरिसकेका छन् । केही दिनमै फिल्मको फस्टलुक टिजर पनि सार्वजनिक हुँदैछ । तर यो टिजरमा प्रदीप खड्का अटाएका छैनन् । सन्तोष सेनले डमीका रुपमा कलाकार प्रयोग गरेर टिजर बनाएको चर्चा छ ।


निर्माण टिमले प्रदीपको संलग्नतालाई लिएर स्पष्ट धारणा सार्वजनिक नगरे पनि सेन निकट स्रोतका अनुसार कथामा प्रदीप नसुहाउने भएकाले यो पटक सेनले अरु नै कलाकार लिएर काम गर्दैछन् । यो भनाइ सत्य पनि देखिन्छ किनभने यतिबेला प्रदीप अष्ट्रेलिया पुगेका छन् ।

जबकि सेनले फिल्मको सुटिङ तिहार लगत्तै गर्ने बताएका छन् । यदि प्रदीप फिल्ममा हुन्थे भने सायद अहिले वर्कसपमा हुन्थे । छैनन् मतलब प्रदीप फिल्ममा पनि छैनन् ।प्रदीपले दिनेश राउतको निर्देशनमा तीनवटा फिल्ममा काम गर्ने चर्चा भइसक्यो । तर दिनेश राउतको फिल्मको काम पनि अघि बढ्न सकेको छैन । 


Author

थप समाचार
x