अदालत

सुनवाइ समितिमा हरिकृष्ण कार्की उपस्थित हुँदै

इकागज |
जेठ ३२, २०८० बिहीबार ६:३७ बजे

फाइल तस्बिर

काठमाडौँ- संसदीय सुनवाइ समितिले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई आज छलफलका लागि बोलाएको छ । 

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको हो ।


लामो समयदेखि कार्यबहाक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो ।

संवैधानिक परिषद्‌ले भावी प्रधानन्यायाधीशमा सिफारिसमा परेका कार्कीलाई उनीविरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ ।

उनीविरूद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो ।   


Author

थप समाचार
x