क्रिकेट

आईपिएलमा नयाँ कीर्तिमान बनाउँदै मुम्बईमाथि सनराइजर्स ३१ रनले विजयी

इकागज |
चैत १५, २०८० बिहीबार ६:४६ बजे

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा सनराइजर्सले मुम्बईलाई ३१ रनले पराजित गरेको हो ।

सनराइजर्सले दिएको २७८ रनको विशाल लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २४६ रन बनाएको थियो ।


मुम्बईका लागि तिलक बर्माले सर्वाधिक ६४ रन बनाएका थिए भने टिम डेभिडले ४२, इशान किशनले ३४,, रोहित शर्माले २६ तथा हार्दिक पाण्डेयले २४ रन बनाएका थिए । 

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सनराइजर्स हैदरावादले २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनाएको थियो ।

सनराइजर्सका लागि हेइनरिक क्लासेनले सर्वाधिक ३४ बलमा ८० रन अविजित बनाएका थिए । त्यसैगरी अभिषेक शर्माले २३ बलमा ६३ र ट्राभिस हेडले २४ बलमा ६२ रन बनाएका थिए । त्यसैगरी एडन मार्क्रमले २८ बलमा अविजित ४२ रन बनाएका थिए ।

मुम्बईका लागि हार्दिक पाण्डेय, गेराल्ड कोत्जे र पियुष चावलाले एक एक विकेट लिएका थिए ।

सनराइजर्सले आईपिएलको इतिहासमा अहिलेसम्मको सर्वाधिक टोटल बनाएको छ । यसअघि आईपिएलमा २०१३ मा रोयल च्यालेन्जर्स बैंगलुरुले पुने वारियर्सविरुद्ध २६३ रन बनाएको थियो ।

यो जितपछि सनराइजर्स हैदरावादले दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने मुम्बई इण्डियन्सले लगातार दोस्रो हार ब्यहोरेको छ ।


Author

थप समाचार
x