क्रिकेट

नेपाल 'ए' र आयरल्याण्ड उल्भ्सबीच पहिलो टी-२० खेल आज

इकागज |
चैत १५, २०८० बिहीबार ६:५१ बजे

काठमाडौँ- नेपाल 'ए' क्रिकेट टिमले आज आयरल्याण्ड उल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दैछ ।

टियु मैदानमा हुने यो खेल दिउँसो एक बजेदेखि शुरु हुँदैछ । 


नेपाल 'ए'ले मार्च २८ , २९ र ३१ मा आयरल्याण्ड उल्भ्ससँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड 'ए'सँग दुई टी-२० खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो ।

टी-२० सिरिज खेल्ने नेपाली ए टिम :
विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् । 


Author

थप समाचार
x