क्रिकेट

आईपीएलमा चेन्नईको लगातार दोस्रो हार

इकागज |
चैत २४, २०८० शनिबार ७:८ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा सनराइजर्सले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो ।


चेन्नईले दिएको १६६ रनको लक्ष्य पछाएको सनराइजर्सले १८.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १६५ रन मात्र बनाएको थियो ।

यो जितपछि सनराइजर्स हैदरावादको ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ भने चेन्नईको पनि ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ । यस अघि दिल्लीसँग हारेको चेन्नईको यो लगातार दोस्रो हार हो ।


Author

थप समाचार
x