क्रिकेट

नेपाल 'ए' भर्सेस आयरल्याण्ड उल्भ्स : सिरिजको अन्तिम खेल आज

इकागज |
चैत २५, २०८० आइतबार ७:८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल 'ए' र आयरल्याण्ड उल्भ्सबीचको एकदिवसीय सिरिजको अन्तिम खेल आज हुँदैछ । टियु मैदानमा हुने यो खेल बिहान ९:३० बजेदेखि शुरु हुँदैछ ।

यस सिरिजमा नेपाल 'ए'ले शुरुका दुवै खेलमा हार ब्यहोरेको र आयरल्याण्ड उल्भ्सले सिरिज २-० ले जितिसकेको छ । नेपाल 'ए'ले सिरिजमा सान्त्वना जितका लागि खेल्ने छ । नेपाल 'ए' पहिलो खेलमा २१ रनले र दोस्रो खेल ११४ रनले हार ब्यहोरेको थियो ।


एकदिवसीय सिरिज खेल्ने नेपाल 'ए' टिम:
विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल रहेका छन् ।


Author

थप समाचार
x