कूटनीति

राष्ट्रपति भण्डारीसँग राजदूत यान्छीको बिदाइ भेट

इकागज |
कात्तिक २, २०७९ बुधबार १७:४८ बजे

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन् । 

राष्ट्रपति भवन शीतल निवासमा बुधबार अपरान्ह पुगेर राजदूत यान्छीले राष्ट्रपति भण्डारीसँग बिदाइ शिष्टाचार भेटवार्ता गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । 


उनका अनुसार भेटमा उनीहरुबीच नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको छ । 


Author

थप समाचार
x