कूटनीति

कार्यभार सम्हाल्न नेपाल आइपुगे चिनियाँ राजदूत सोङ

इकागज |
पुस २४, २०७९ आइतबार १४:२८ बजे

काठमाडौँ- नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ आइतबार नेपाल आइपुगेका छन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको कार्यकाल सकेपछि छन् सोङ कार्यभार सम्हाल्न नेपाल आइपुगेका हुन् । नवनियुक्त चिनियाँ राजदूत सोङ केही दिन क्वारेन्टिनमा बस्ने र त्यसपछि मात्रै राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने बताइएको छ ।


सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल भइसकेका छन् । 


Author

थप समाचार
x