कूटनीति

प्रधानमन्त्रीसँग युरोपेली सङ्घका कमिसनरको भेट

इकागज |
माघ २५, २०७९ बुधबार १८:१३ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युरोपेली सङ्घका अन्तर्राष्ट्रिय साझेदार कमिसनर जुटा उर्पिलाइनले शिष्टाचार भेट गरेकी छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार–विमर्श भएको थियो । यस्तै प्रधानमन्त्री दाहालसँग आजै अमेरिकी सहयोग नियोग (युएसएड)का प्रमुख सामन्था पावरले पनि शिष्टाचार भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



Author

थप समाचार
x