कूटनीति

फागुन १६ र १७ गते नेपाल र भारतबीच पराराष्ट्र सचिवस्तरीय छलफल हुने

इकागज |
फागुन १५, २०८० मंगलबार १७:० बजे

काठमाडौँ- आगामी फागुन १६ र १७ गते नेपाल र भारतबीच पराराष्ट्र सचिवस्तरीय छलफल हुने भएको छ ।​

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्मा फागुन १६ र १७ गते भारतीय विदेश सचिवसँग हुने द्विपक्षीय भेटघाट एवं छलफल तथा भारतको पुनेमा आयोजना हुने आर्थिक संवादसम्बन्धी कार्यक्रमका उद्घाटन सत्रमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिइन् । मन्त्रिपरिषदले चैत्र १ देखि ९ गतेसम्म अमेरिकामा हुने विश्व बैंक र नेपालबीचका नयाँ खाका, नेपालमा हुन लागेको आइडिएसम्बन्धी दोस्रो बैठकको तयारी तथा माथिल्लो अरुण जलविद्युतसम्बन्धी बैठकमा अर्थमन्त्री र अर्थसचिवसहितको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।


बैठकले दुबईमा फाल्गुन १९ गते हुने रोजगार मेलामा सहभागी हुन श्रममन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ भने पर्यटन बोर्डको कार्यकारी समितिमा रहने रिक्त सदस्य मनोनयनका लागि सरकारसमक्ष सिफारिस मनोनयन गर्न समिति गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन् । उनले मेडिकल काउन्सिलको रजिष्ट्रर पदमा डा सतिसकुमार देवलाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए ।

प्रवक्ता शर्माले मिटरब्याज पीडितहरूको सम्बन्धमा सरकार गम्भीर रहेको भन्दै जिल्ला प्रशासन मार्फत समस्याको समाधान हुने बताइन् । उनले काठमाडौँ आएर दु:ख पाउनुभन्दा सम्बन्धित ठाउँमा गएर समाधान खोज्न सुझाव दिइन् ।

शक्तिशाली आयोग बनाएर मिटरब्याज समस्या सम्बोधन गर्ने प्रयास पूर्ण रूपमा सफल नभए पनि बाँकी समस्या सरकारको पहलमा नै समाधान गर्ने उनको भनाइ छ । 


Author

थप समाचार
x