कूटनीति

राष्ट्रपतिसँग कोरियाको चेओरवन सहरका प्रमुखको भेटवार्ता

इकागज |
फागुन १७, २०८० बिहीबार २२:६ बजे

फाइल फोटो

पाटन - ललितपुर महानगरको निमन्त्रणामा नेपाल भ्रमणमा आएका कोरियाको चेओरवन सहरका प्रमुख ली ह्युन जोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्ए ।

चेओरवन सहरका प्रमुख जोङको प्रतिनिधिमण्डल ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनसहित शीतलनिवास पुगेको हो ।  ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले विदेशी पाहुना नेपाल आउँदा राष्ट्रप्रमुखलाई भेटाउनु कर्तव्य भएको बताए ।


राष्ट्रप्रमुख रामचन्द्र पौडेललाई भेट्न पाउँदा आफूलाई खुसी लागेको चेओरवनका प्रमुख जोङले बताए । राष्ट्रपतिलाई उद्धृत गर्दै महानगर प्रमुख महर्जनले भने, “यो भ्रमणले दुई सहरबीचको सम्बन्ध अझै बलियो हुनेछ ।”

फोहोर व्यवस्थापन गर्न कोरियाको चेओरवन सहरको सहयोग ललितपुर महानगरका लागि महत्वपूर्ण हुने राष्ट्रपतिको भनाइ थियो । महानगर प्रमुख महर्जनका अनुसार राष्ट्रपतिले कोरियाले विभिन्न क्षेत्रमा प्रयोग गरेको सीप र प्रविधि ललितपुर महानगरका लागि अनुकरणयोग्य हुने बताए । 

महानगर प्रमुख महर्जनले राष्ट्रपतिलाई उद्धृत गर्दै भने, “दुई सहरका असल अभ्यासहरु आदानप्रदान गर्नुपर्छ ।” चेओरवन सहरको प्रमुखसहितको समूह तीन दिनअघि नेपाल आएको हो ।  रासस


Author

थप समाचार
x