कूटनीति

प्रधानमन्त्री र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता

इकागज |
साउन ७, २०७८ बिहीबार १९:३९ बजे

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा र अष्ट्रेलियाली राजदूत फेलीसिटी भोल्कबीच भेटवार्ता भएको छ । देउवा र भोल्कबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा नेपाल र अष्ट्रेलियाबीचकाे द्विपक्षीय सम्बन्ध थप बलियो बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री देउवाले फेसबुकमा उल्लेख गरेका छन् ।  



Author

थप समाचार
x