कूटनीति

चीनका प्रधानमन्त्री ली खछ्याङद्वारा प्रधानमन्त्री देउवालाई बधाई सन्देश

अजय अलौकिक |
साउन १३, २०७८ बुधबार १८:३ बजे

बेइजिङ - चीनका प्रधानमन्त्री ली खछ्याङले नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएका शेरबहादुर देउवालाई बधाई सन्देश पठाएका छन् । बधाई सन्देशमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङले हिमाल र नदीले जोडेका चीन र नेपाल असल छिमेकी मुलुक रहेको भन्दै आफूले प्रधानमन्त्री देउवासँग मिलेर कोभिड-१९ महामारीको नियन्त्रण गर्नुका साथै वेल्ट एण्ड रोडको उच्च गुणस्तरीय विकाससँगै विभिन्न क्षेत्रको आपसी सहयोगलाई विस्तृत तथा गहन पार्दै दुई देशबीच विकास तथा समृद्ध उन्मुख मैत्रीपूर्ण रणनीतिक सहयोगी साझेदारी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने इच्छा लिएको उल्लेख गरेका छन् ।

जुलाई १३ मा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेपालका प्रधानमन्त्रीमा नियुक्त भएका थिए । यसरी नव निर्मित सरकार तथा प्रधानमन्त्रीलाई छिमेकी मित्रराष्ट्र चीनबाट ढिलै भए पनि दिइएको बधाई सन्देशले महत्त्वपूर्ण अर्थ राखेको छ । साथै चीनले आफू नेपालको सदाबहार छिमेकी भएको सकारात्मक सन्देश पनि दिएको छ ।



Author

थप समाचार
x