कूटनीति

नेपालबाट मानवीय सहायता सामग्री अफगानिस्तान पठाइँदै

इकागज |
माघ १, २०७८ शनिबार १७:३ बजे

सांकेतिक फोटो

काठमाडौँ : सरकारले नेपाली जनताका तर्फबाट अफगानिस्तानका नागरिकहरुका लागि मानवीय सहायता सामग्री पठाउने भएको छ । आइतबार बिहान हिमालय एअरलाइन्सको विशेष विमानबाट औषधिलगायत सहायता सामग्री काबुल पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

विमानस्थलमा भोलि हुने पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा नारायण खड्काले मानवीय सहायता सम्बन्धमा विस्तृत जानकारी दिने कार्यक्रम छ । 
 



Author

थप समाचार
x