कूटनीति

नेपाल-पाकिस्तानबीच सिधा हवाई सम्पर्क आवश्यक : राजदूत अधिकारी

इकागज |
फागुन २०, २०७७ बिहीबार १३:२६ बजे

काठमाडौँ : नेपाल र पाकिस्तानबीच व्यापार र आर्थिक सहकार्यमा सम्भावना भएकाले दुई मुलुकबीच सिधा हवाई सम्पर्कमा जोड दिनुपर्ने पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले बताएका छन् । बुधबार पाकिस्तानी व्यसायीहरुसँगको भेटघाटमा राजदूत अधिकारीले पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआइए) ले पाकिस्तानी सहर र काठमाडौँबीच सिधा उडान गर्नुपर्ने बताए ।

उनले नेपाल र पाकिस्तानले पर्यटन लगायतका क्षेत्रमा सहकार्य अघि बढाउन पर्नेमा पनि जोड दिए । राजदूत अधिकारीले पाकिस्तानी व्यवसायिक समुदायलाई नेपाल भ्रमण गर्न आग्रह गर्दै व्यपारका माध्यमबाट दुई मुलुक थप नजिकिने सक्ने पनि बताए । उता इस्लामावाद च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (आइसीसीआई) का अध्यक्ष सरदार यासिर इलियासले दुई मुलुकबीच एकदमै कम व्यापार भइरहेकाले निजी क्षेत्रले विशेष पहल गरी आर्थिक सहकार्यलाई बलियो बनाउनु पर्नेमा जोड दिए ।


इलियासले नेपालतर्फ कलकारखानाका पाटपुर्जा, औषधि, लत्ता कपडा, छालाका वस्तु, फलफुल लगायतका पाकिस्तान उत्पादन पठाउन सकिने बताए । कृषी, उर्जा, प्रविधि लगायतका क्षेत्रमा दुई मुलुकले सहकार्य गर्नुपर्नेमा पनि जोड दिए । (पाकिस्तानी अखबार दि एक्सप्रेस ट्रिब्युनबाट )
 


Author

थप समाचार
x