कूटनीति

देउवा र मोदीको भेटवार्ता सकियो, नेपाल–भारत द्विपक्षीय बैठक सुरु

इकागज |
चैत १९, २०७८ शनिबार १२:२६ बजे

काठमाडौं - भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको ‘वान अन वान’ भेटवार्ता सकिएको छ । 

भेटवार्तामा  नेपाल–भारत आपसी हितका विषयमा कुराकानी भएको बुझिएको छ । 


भेटवार्ता सकिएलगत्तै हैदरावाद हाउसमा नेपाल–भारत द्विपक्षीय बैठक सुरु भएको छ । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गरेका छन् । 

बैठक सकिएपछि चार वटा परियोजनाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

 


Author

थप समाचार
x